‘प्रोटोकल कार्यान्वयनमा संघीय सरकार चुक्यो’

‘प्रोटोकल कार्यान्वयनमा संघीय सरकार चुक्यो’

स्याङ्जा : गण्डकी प्रदेश सदस्य एवं विधायन समिति सभापति मोहनप्रसाद रेग्मीले प्रोटोकलको ठिक कार्यान्वयन गर्न संघीय सरकार चुकेको बताएका छन्। 

पत्रकार महासंघ स्याङ्जा शाखाको नवौं वार्षिक साधारणसभा एवं ‘दिगो विकासको लक्ष्य प्राप्तिमा पत्रकारिताको योगदान’ विषयक विचार गोष्ठीको वालिङ्मा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 

‘सरकारले जारी गरेको प्रोटोकल (मर्यादाक्रम) सबैको टाउको दुखाई बनेको छ’, सभापति रेग्मीले भने ‘औपचारिक कार्यक्रममा सहभागी हुन पनि अफ्ठ्यारो भो।’

प्रदेश सरकार छ कि छैन जस्तो गरी संघीय सरकारले सबै अधिकार आफूसँगै राखेर प्रदेश सरकारलाई अधिकारबिहीन बनाएको सभापति रेग्मीको आरोप छ। 
गण्डकी प्रदेशै विधायन समितिले २१ वटा ऐन पारित गरेको जानकारी दिँदै समाजवाद उन्मुख साझा एजेण्डालाई सबैले स्वीकार गरेको र सोको कार्यान्वयनमा अघि बढ्नु पर्नेमा उनले जोड दिए। 

साधारणसभामा प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला,  वालिङ नगरउपप्रमुख कल्पना तिवारी लगायतले पत्रकारिता मार्फत नागरिक सूसूचित हुनुका साथै अनियमिता लगायत विषय उजागर हुनु सकारात्मक पक्ष भएकोमा जोड दिए।  

साधारणसभाले अध्यक्ष ओमप्रकाश शर्मा, सचिव सुशील सुवेदी र कोषाध्यक्ष गोपाल जीटीले प्रस्तुत  गरेको सांगठनिक प्रतिवेदनलाई पारित गरेको छ। सभाले एक वर्षभित्र जिल्ला शाखाको भवन निर्माण गर्नेगरी एक महिनाभित्र उपयुक्त स्थलमा जग्गाको खोजीकार्य गर्ने, पत्रकार बिमा, पत्रकारिता दक्षता विकास तालिमको संचालन गर्नेलगायतका विविध पक्षमा निर्णय गरेको छ।


  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.