'नानीबाबुका लागि अन्नपूर्ण अंकुर' राउन्ड टेबल
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले नानीबाबुका लागि अन्नपूर्ण अंकुर राउन्ड टेबल अन्तर्क्रिया गरेको छ। बिहीबार सम्पन्न अन्तर्क्रियामा मुलुकका प्रतिष्ठित निजी तथा सामुदायिक विद्यालयका प्रतिनिधिले आफ्नो विचार प्रस्तुत गरेका छन्।
राउन्ड टेवलमा शिक्षा क्षेत्रका समस्या, चुनौति र सामधान तथा छुट्टै पत्रिकाको रुपमा प्रकाशित हुन लागेको अन्नपूर्ण अंकुरले कस्ता विषय समेट्ने भन्ने विषयमा छलफल भयो। अन्तक्रियामा निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन)को तर्फबाट अध्यक्ष बिजय सम्बाहाम्फे, वरिष्ठ उपाध्यक्ष डीके ढंगाना, उपाध्यक्ष दिपिका रिमाल थापा र महासचिव राजेन्द्र बानियाँको उपस्थिति थियो।
त्यस्तै राउन्ड टेबलमा अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक हरिबहादुर थापा, सम्पादक अखण्ड भण्डारी र अन्नपूर्ण पोस्ट डटकमका सम्पादक विकास थापा लगायतको समेत उपस्थिति थियो।
त्यस्तै उच्च माध्यमिक विद्यालय संघ नेपाल 'हिसान' का तर्फबाट महासचिव लोकबहादुर भण्डारी, एम्बिसन एकेडेमीका निर्देशक देवी घिमिरे, गोल्डेनपिक स्कुलकी निर्देशक कला राई, जेसी स्कुलको तर्फबाट सरोज महर्जन, विश्व निकेतन विद्यालय प्रधानध्यापक हेरम्बराज कँडेल, ज्ञानोदय विद्यालयका प्रधानध्यापक नातीकाजी महर्जनको पनि राउन्ड टेवलमा उपस्थिति थियो।
राउन्ड टेवलमा बोल्दै प्याब्सनका अध्यक्ष बिजय सम्बाहाम्फेले राज्यका कुरा र पाठ्यक्रममा राष्ट्रियता नजोडिएको बताए। 'जतिपटक सरकार परिवर्तन भए शिक्षा क्षेत्रमा पनि तिनै सरकार अनुकुल विज्ञहरू आए, त्यसैकारण पनि नेपालको शिक्षा क्षेत्र अलमलमा परेको छ' सम्बाहाम्फेले भने।
त्यस्तै प्याब्सनका वरिष्ठ उपाध्यक्ष डीके ढुंगानाले नेपालको शिक्षामा नितीगत विवाद रहेको बताए। उनका अनुसार नितीगत विवाद सामधान नभएसम्म नेपालको शिक्षाले त्यति राम्रोसँग गति लिन सक्दैन।
राउन्ड टेवलमा बोल्दै प्याब्सनकै उपाध्यक्ष दिपीका रिमाल थापाले मुलुकका सबै विद्यालय सुधारका लागि सरकारले नै भूमिका खेल्नुपर्ने कुरा औंल्याइन्। गोल्डेनपिक स्कुलकी निर्देशक कला राईले शिक्षालाई व्यवहारिक बनाउन जरुरी भएको प्रस्ट पारिन्।
त्यस्तै हिसानका महासचिव लोकबहादुर भण्डारीले सरकारी भन्दा निजी शैक्षिक संस्था अगाडि रहेको तर निजी संस्थाका राम्रा कामहरू बाहिर नआएको बताए। मिडियाले निजी शैक्षिक संस्थाले गरेका राम्रो कुरा पनि बाहिर ल्याउनुपर्ने उनले बताए।
राउन्ड टेवलमा विश्व निकेतन विद्यालय प्रधानध्यापक हेरम्बराज कँडेलले शिक्षको मनोवल बढ्ने काम सरकारले गर्नुपर्ने बताए। केही सरकारी शैक्षिकले पनि आफ्नो ठाउँबाट राम्रो काम गरिरहेको उनले प्रस्ट पारे।
त्यस्तै ज्ञानोदय विद्यालयका प्रधानध्यापक नातीकाजी महर्जनले शिक्षा सुधारका लागि सरकारी र निजी शैक्षिक संस्थाले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए। निजी स्कुलहरूले अभिभावकको अवस्था पनि बुझ्नुपर्छ।