कमल थापाले भने : धर्म परिवर्तन तत्काल रोकियोस

कमल थापाले भने : धर्म परिवर्तन तत्काल रोकियोस

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोभ लालच र प्रलोभनमा पारेर गरिने धर्म परिवर्तन तत्काल रोक्न सरकारसँग माग गरेका छन् । पार्टीको भातृ संगठन नेपाल सनातन धर्म संस्कृति संगठन केन्द्रीय कार्यालयको राजधानीको तीनकुनेमा उद्घाटन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । 

'लोभ, लालच र प्रलोभनका आधारमा गरिएको धर्म परिवर्तन तत्काल रोकिनु पर्छ', थापाले भने, 'यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ।' 

नेपाल हिन्दु, बौद्ध र किराँत धर्मको उद्गमस्थल भएको बताउँदै थापाले धार्मिक मूल्य, मान्यता र आस्थाको आधारमा नेपाललाई विश्वकै जेठो र सम्पन्न मुलुकका रुपमा चित्रित गरे । 

अध्यक्ष थापाले अबको एजेन्डा राष्ट्रिय एकता र पहिचानको संरक्षण भएको विचार राखे । 'मुलुक बनाउन हामीसँग अत्यन्त बलियो मुल्य-मान्यता छ', थापाले भने, 'आफ्नो देशको गौरवशाली इतिहास र पहिचान जोगाउन नयाँ पुस्ता अग्रसर हुनु जरुरी छ ।'

थापाले वैदिक मुल्य मान्यताका आधारमा काम गर्दै धर्मलाई समाज र देश विकासमा जोड्न सके सकारात्मक सन्देश दिन सकिने उल्लेख गरे । कार्यक्रममा पार्टीका कोषाध्यक्ष उद्धव पौडेल र सहायक महामन्त्री राजाराम बर्तौला लगायत उपस्थित थिए । 

कार्यक्रममा संगठनका अध्यक्ष पुष्पराज पुरुषले संगठनलाई मुलुककै बलियो धार्मिक संगठन बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस अवसरमा संगठनका महासचिव सुजन अधिकारी र शास्त्री सुजन पराजुली लगायतले बोलेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.