करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु

करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु

ओखलढुगा : ओखलढुंगामा करेन्ट लागेर विद्युत प्रधिकरणका कर्मचारी २९ वर्षीय जनक गुरुङको मृत्यु भएको छ।  

सिद्धिचरण नगरपालिका २ ठुलाछापमा ट्रन्समिटर परिर्वतन गर्ने क्रममा करेन्ट लाग्दा सोही नगरपालिका १२ का गुरुङको मृत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षक शरणाकुमार दाहालले जानकारी दिए। 

करेन्ट लाग्नासाथ उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा लाने क्रममा गुरुङको मृत्यु भएको हो। गुरुङ २०७२ सालदेखि नेपाल विद्युत प्रधिकरण ओखलढुंगा वितरण शाखामा ज्यालादारीमा काम गर्दै आएका थिए।  


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.