टुँडिखेलमा संस्कृति ज्ञान परीक्षा, हजारौ विद्यार्थी उपस्थित हुने

टुँडिखेलमा संस्कृति ज्ञान परीक्षा, हजारौ विद्यार्थी उपस्थित हुने

काठमाडौं : हिन्दू स्वयंसेवक संघ नेपालले काठमाडौंको टुडिखेलमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना गर्ने जनाएको छ । संघले त्यसका लागि शुक्रबार हजारौ विद्यार्थी भेला गर्ने भएको छ ।

 नेपालको धर्म, संस्कृति, भाषा, भुगोल, राष्ट्रिय विभूति लगायत नेपालको वैदिक इतिहास सम्बन्धी ज्ञान अभिवृद्धि बढाउन कार्यक्रम गरिने जनाएको छ ।

हिन्दू स्वयंसेवक संघ नेपालले विगत चार वर्षदेखि नेपालका विद्यार्थीलाई लक्षित गरी देशभर स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा लिँदै आएको एक विज्ञप्ती जारी गरि जनाएको छ । गत वर्ष काठमाडौंमा करिब ८ हजार विद्यार्थी सहभागी भएका थिए ।

उपत्यका संयोजक आदित्य खनालले परीक्षामा काठमाडौं, भक्तपुर र ललितपुरका सरकारी, निजी र सामुदायिक गरी २ सयभन्दा बढी स्कुलका विद्यार्थीले सहभागि हुने बताए । सहभागी विद्यार्थीलाई संघले एक पुस्तक उपलब्ध गराउनेछ । परीक्षामा प्रथम हुने विद्यार्थीलाई ५१ हजार, द्वितीय हुनेलाई २५ हजार र तृतीय हुनेलाई १५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.