विज्ञ अभावले अनुसन्धानमा समस्या

विज्ञ अभावले अनुसन्धानमा समस्या

काठमाडौं : मानव अधिकार आयोगले विज्ञ अभावमा इन्काउटरसम्बन्धी उजुरीको छानबिन अघि बढाउन सकेको छैन। आयोगमा ‘फेक इन्काउटर’का तीनवटा उजुरी परेपनि छानबिन टुंगिएको छैन। प्रहरीको गोली जाँच गर्ने विज्ञ नहुँदा अनुसन्धान अघि नबढेको हो।

कुमार लामा ‘घैंटे’ तथा अर्काे गुण्डानाइके ‘चरी’ प्रहरी इन्काउटरमा मारिएपछि उनका परिवारले आयोगमा उजुरी दिएका थिए। अनौपचारिक सेवा केन्द्र इन्सेकले मंगलबार सार्वजनिक गरेको पुस्तकमा सन् २०१८ मा पाँचजना व्यक्ति प्रहरी इन्काटरमा मारिएको उल्लेख छ। रुपन्देहीमा दुई, भक्तपुरमा दुई र सुनसरीमा एक गरी पाँच जना व्यक्ति प्रहरी इन्काउटरमा मारिएका छन्। इन्सेकका अनुसार गत मंसिरमा सुनसरीमा ४० वर्षीय नसरुल मियाँको प्रहरी मुडभेडका क्रममा हत्या भएको थियो। त्यस्तै ०७४ फागुनमा रुपन्देहीमा मनोज पुन र सोम आले पनि प्रहरीसँगको मुडभेडमा मारिएका थिए। ती घटनामध्ये आयोगले भक्तपुरको मात्रै छानबिन गरिरहेको छ।

भक्तपुरमा गत साउनमा भएको घटनाको आयोगले छानबिन थालेको थियो। चार महिना लामो अनुसन्धानपछि पनि घटना इन्काउन्टर भए–नभएको भन्नेमा आयोगले निष्कर्ष निकाल्न सकेको छैन। पेप्सीकोलाका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्याको आरोपमा प्रहरी इन्काउन्टरमा मारिएका अजय तामाङ र गोपाल तामाङको परिवारले उक्त घटना गैरन्यायिक हत्या भएको भन्दै छानबिन माग गर्दै आयोगमा साउन २३ मा उजुरी दिएका थिए।

‘पोस्टमार्टम रिर्पाेटमा अपहरणकारीलाई तीनवटा गोली लागेको देखिएको छ। तर ती गोली रिभल्बरकै हो होइन कही जाँच नभएकाले विज्ञबाट अनुसन्धान गर्नुपर्ने देखियो। आयोगले बन्दुक र हतियार विज्ञ झिकाएर थप अनुसन्धान गर्ने निर्णय गरेपनि विज्ञ भने पाउन सकेका छैन’, अध्यक्ष अनुपराज शर्माले अन्नपूर्णसँग भने।

घटना इन्काउन्टर हो–होइन भन्ने कुरा प्राविधिक रूपमा जाँच गर्नका लागि प्रहरी सेवाबाट निवृत विज्ञ खोजिरहेका छौं, तर भेटिएका छैनन्। भारतबाट भए पनि विज्ञ झिकाउने कि भन्ने सोचाइमा पनि छौ’, उनले भने। ‘इन्काउटरको घटनाका दोषी ढिलो चाँडो पत्ता लाग्छ, विशेषज्ञ नहुँदा छानबिन कार्य अगाडि नबढेको हो’, शर्माले भने।

आयोगले अगामी आइतबार बोर्ड बैठक डाकेर इन्काउटर घटनाको छानबिनका लागि विज्ञ झिकाउने विषयमा छलफलको तयारी गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भने भक्तपुरको डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा उनीहरूको घटनास्थलमा नै मृत्यु भएको बताउँदै आएको छ।

प्रत्यक्षदर्शी तथा स्थानीयले घटनाबारे बोल्न नमानेका कारण आयोगलाई इन्काउन्टर हो होइन भन्ने निर्णय गर्न कठिन भएको हो। ‘घटनाका प्रत्यक्षदर्शीबाट सूचना पाउन सकिएन। अब प्राविधिक जाँच पछि वास्तविकता नजिक पुग्ने छौं’, अध्यक्ष शर्माले भने। अनुसन्धानका क्रममा बालक अपहरण र त्यसपछि हत्या गर्नुपछि कारण समेत स्पष्ट नभएको आयोगको भनाइ छ।

उक्त अपराध गर्नु पछि कारण के हो अझ खुलेको छैन। अपहरणकारी भनिएका व्यक्ति चाहीं सामान्य मजदुर पृष्ठभूमिको रहेको आयोगले प्रारम्भिक अनुसन्धानमा पाएको छ। ४० लाख रुपैयाँ नदिएकोले बालक अपहरणपछि सिधै हत्या गरेको प्रहरीले बताउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.