चौकीदारसँग ७५ हजार घुस, पक्राउ परे भीमफेदी कारागारका जेलर
काठमाडौँ : एकजना चौकीदारसँग ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा मकवानपुरको भीमफेदीस्थित कारागार कार्यालयका जेलर पक्राउ परेका छन् ।
भीमफेदी गाँउपालिका-६ स्थित कारागार कार्यालयका जेलर तथा शाखा अधिकृत मदन अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले उक्त घुससहित पक्राउ गरेको हो ।
अधिकारीले चौकीदारसँग रकम नदिए अन्य कारागारमा सरूवा गरिदिने भन्दै घुस लिएका थिए । यो सूचना पाएपछि हेटौँडास्थित अख्तियारको टोलीले अधिकारीलाई ७५ हजार रुपैयाँ घुससहित उनको निवासबाटै पक्राउ गरी हिरासतमा लिएको काठमाडौँस्थित अख्तियारका प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालले जानकारी दिए ।