बोल्न नसक्ने युवतीको सामूहिक बलात्कार

बोल्न नसक्ने युवतीको सामूहिक बलात्कार

राजविराज : कञ्चनरुप नगरपालिका ५ पथरीस्थित कोशी टप्पु वन्य जन्तु आरक्षमा बोल्न नसक्ने युवती बलात्कृत भएकी छन्। 

फकाएर जंगलमा लगेर शुक्रबार साँझ दुई युवाले बलात्कार गरेको प्रहरीको भनाइ छ। बलात्कार आरोपमा आरोपमा प्रहरीले सप्तरीको कञ्चनरुप ५ पथरीका ३५ वर्षीय भरत मुखिया र सोही ठाउँका २५ वर्षीय भिम मुखियालाई पक्राउ गरेको छ।

दुई युवासँगै जंगलतर्फ गएकी युवतीलाई बलात्कारपछि अर्धनग्न अवस्थामा देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए। 

पीडितलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको छ। 

सांकेतिक भाषा समेत नजानेकी पीडित निरक्षर भएकाले पीडितको वयानका लागि प्राकृतिक सांकेतिक भाषाको तालिमप्राप्त विज्ञको सहयोग लिइने असई सपना राईले जानकारी दिइन्।

एक महिनाको अवधिमा यो समेत सप्तरीमा चार वटा बलात्कारका घटना सार्वजनिक भएका छन्।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.