सिरहाका युवकको भारतमा गोली हानी हत्या

सिरहाका युवकको भारतमा गोली हानी हत्या

सिरहा : महिना दिन नबित्दै फेरि सिरहाका एक युवकको भारतीय भूमिमा हत्या भएको छ। सिरहाको धनगढीमाई नगरपालिका ६ मोथियाही गाउँका १७ वर्षीय सुभाष यादवलाई भारतमा गोली हानी हत्या गरिएको हो। 

यसअघि माघ तेस्रो साता सिरहाकै लाहान नगरपालिकाका २४ वर्षीय गजेन्द्र यादवको भारतको पिपराही चर्खाहीमा कुटपिटपछि हत्या भएको थियो। 

फेरि एकपटक त्यस्तै घटना दोहोरिन गएको छ।

 
मंगलबार घरबाटै बेपत्ता भएका सुभाष यादव घाइते अवस्थामा बुधबार भारतको खुटौनामा भेटिएका थिए। स्थानीय र भारतीय सुरक्षाकर्मीको सहयोगमा उनलाई उपचारका लागि दरभंगा लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नहुँदा पटना पुर्‍याइएको थियो। पटनामा उपचारको क्रममा बिहीबार उनको मृत्यु भएको हो। उनीमाथि तीन गोली प्रहार भएको प्रहरीले बताएको छ।

भारतीय अस्पतालमै पोष्टमार्टम गराई परिवार जनलाई शुक्रबार भारतीय सुरक्षाकर्मीले शव बुझाएका थिए। पीडित परिवारले सिरहा प्रहरीमा पनि किटानी जाहेरी दिन लाग्दा उनलाई फेरी पोष्टमार्टम गराउन धरान पठाइएको थियो। 

शनिबार उनको दाहसंस्कार भएको छ। मृतकको बुबा वैदेशिक रोजगारमा साउदी गएका छन्। घटनापछि आमा पटक–पटक बेहोस भइरहँदा आफन्तजनले उपचारका लागि अस्पताल भर्ना गराएका छन्।

उस्तै घटना 

लहान २४ का ३५ वर्षीय गजेन्द्र यादव पनि सोही तरिकाले बेपत्ता भएका थिए। माघ १८ गते बेपत्ता भएका उनको शव दुईदिन पछि भारतको पिपराही चर्खाहीमा फेला परेको थियो। मृतक यादवको अनुहारमा ढुँगा, इँटाले प्रहार गरेको निलडाम देखिएको थियो। उनले प्रयोग गरेको मोटरसाइकल र मोबाइल भने फेला परेन।

माइत आएकी दिदी अनिता यादवलाई घर पुर्‍याउन यादव स ८ प ८४२७ नम्बरको सेतो कलरको अपाचे मोटरसाइकलमा दक्षिणवर्ती गाउँ गेरुवाहा गएका थिए। दिदीलाई पुर्‍याएपछि लहान फर्किएका गजेन्द्र बेखबर भए। आफन्तले इलाका प्रहरी कार्यालय लहानमा खोजीका लागि निवेदन दिएका थिए। त्यही दिन लहान बजारमा गाउँलेले यादवलाई एक्लै देखेको बताएका छन्।

यी दुवै घटनाको प्रकृति एउटै देखिएको छ। दुवैको हत्या भारतीय भूमिमा भएको थियो। दुवै हत्याको कारण अहिलेसम्म नखुलेको प्रहरीको भनाइ छ। अनुसन्धानमा कठिनाइ हुने र आफू सजिलै बच्ने मानसिकताले अपराधीले पारी गएर अपराध गर्ने गरेको स्रोतले बतायो। दुवै घटनाको जाहेरी प्रहरीमा दर्ता भएको छ। 

सिरहा प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार घटनामा भारतीय सुरक्षाकर्मीसँग पनि छलफल भइरहेको छ। ‘के कति कारणले घटना भएको खुलेको छैन। हामीले जाहेरीको आधारमा अनुसन्धान बढाएका छौँ,’ एसपी श्रेष्ठले भने, ‘पीडितलाई न्याय दिलाउन कुनै कसर बाँकी राख्दैनौँ।’ उनका अनुसार घटना अभियुक्तलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।

मानवअधिकारीको ध्यानाकर्षण

सिरहामा बढ्दै गरेको अपराधको घटनामा मानवअधिकारकर्मीले ध्यानाकर्षण गराएका छन्। शनिबार मानवअधिकारका क्षेत्रमा काम गर्ने एक दर्जना संघ संस्थाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै बालिका बलात्कार तथा निर्ममतापूर्ण ढंगले हत्या गर्ने सम्मको जघन्य अपराधका घटना घटिरहेको अवस्थाप्रति   ध्यानाकर्षण भएको बताएका छन्।
    
सिरहा जिल्लामा फागुन ७ गते एकैदिन दुई जना बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ। बलात्कृत बालिकाको स्वास्थ्य अवस्था गम्भीर छ। त्यस्तै एक महिना नबित्दै दुई युवकको भारतीय भूमिमा हत्या भएको छ। 

समाजमा व्याप्त हुँदै गएको हिंसालाई बेलैमा नियन्त्रण गर्न अपराध गर्नेहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने कुरा विज्ञप्तीमा उल्लेख छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.