मोटरसाइकलमा सवार दुईको मृत्यु

मोटरसाइकलमा सवार दुईको मृत्यु

दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको घाँसीकुवा–दमौली सडकखण्डमा मोटरसाइकललाई बसले ठक्कर दिंदा दुई जनाको मुत्यु भएको छ।

पोखराबाट सुनौली जाँदै गरेको ग १ ख ४७८० नं को यात्रुवाहक बसले डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ३९ प ९५३८ नं को मोटरसाइकललाई व्यास नगरपालिका–१२ घाँसीकुवामा ठक्कर दिंदा मोटरसाइकलमा सवार गोरखाका दुई युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गोरखा नगरपालिका–१४ बस्ने २१ वर्षीय माधव दराई र मोटरसाइकलमा सवार सोही ठाउँका १६ वर्षीय सुरज परियार रहेको प्रहरीले जनाएको छ।

मोटरसाईकल चालक दराईको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा तथा पछाडि सवार परियारको उपचारका क्रममा दमौली अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलले ओभरटारक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.