उडान क्षेत्र बाहिर प्याराग्लाइडिङ गर्ने रसियन प्यारापाइलट प्रहरी नियन्त्रणमा

उडान क्षेत्र बाहिर प्याराग्लाइडिङ गर्ने रसियन प्यारापाइलट प्रहरी नियन्त्रणमा

पोखरा (अन्नपूर्ण) : उडान क्षेत्र बाहिर गएर प्याराग्लाइडिङ गरेका एक रसियन पर्यटकलाई पर्यटन प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ। 

पोखराको सराङ्कोटबाट उडान भरेका रसियाका ३५ वर्षीय पर्यटक सर्जी लिटभेनो नाम गरेका प्यारापाइलटले उडान क्षेत्र बाहिर कास्कीको स्याङ्जाको सिमाना नजिकै निर्मल पोखरीको सुरौली खोचमा पुगेका थिए। 

प्याराग्लाइडरलाई सराङ्कोट, ढिकी डाँडा, तोरी पानी एरियाको आकाशमा कावा खाँदै फेवाताल किनारमा अवतरण गर्ने अनुमती रहे पनि लिटभेनो हवाई उडान समेत प्रभावित हुने स्थान तर्फ गएकाले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। नियन्त्रणमा लिएका सँग सोधपुछ भइरहेको पर्यटन प्रहरी कार्यालय पोखराका प्रहरी साहायक निरीक्षक विधानसिंह क्षेत्रीले बताए। 

उडान क्षेत्र बाहिर उडान भर्दा हवाइजहाज र हेलिकप्टर उडान प्रभावित हुने भएकाले कडाई गरिएको प्रहरीले बताएको छ। रसियन प्यारापाइलट लिटभेनोलाई स्थानीय किसान ज्ञानबहादुर थापाले सहयोग गरी पोखरा ल्याएको पनि प्रहरीले जानकारी दिएको छ। लिटभेनोले प्याराग्लाइडिङका लागि उडान अनुमती लिएर एक्लै उडान गरेका थिए।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.