पुलिस तिलोत्तमा गोल्डकपको फाइनलमा

पुलिस तिलोत्तमा गोल्डकपको फाइनलमा

बुटवल : विक्रम धिमाल चम्किँदा च्यासल युथ क्लबलाई ३–१ गोलले हराउँदै नेपाल पुलिस क्लब बुटवलमा जारी तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। निकै प्रतिस्पर्धात्मक खेलमा विक्रमले दुई गोल गरे भने रवि पासवानले पनि टोलीको जितमा एक गोल गरे।

पहिलो हाफको १५औं मिनेटमा विक्रमले पहिलो गोल गरेका थिए। १–० ले पछि परेको च्यासलले पहिलो हाफमा थुप्रै अवसर सदुपयोग गर्न सकेन। खेलको १४औं मिनेटमा च्यासलका सजिन थापाको प्रहार पोस्ट माथिबाट बाहिरिँदा २०औं मिनेटमा डीबक्स नजिकै रहेका हेमन्त थापाको प्रहारले पनि जाली चुम्न सकेन।

दोस्रो हाफको ५७औं मिनेटमा विक्रमले तेज तामाङको कर्नरलाई सदुपयोग गर्दै बललाई जाली चुमाए।

पुलिसले ८०औं मिनेटमा तेस्रो गोल गर्दै अग्रता तेब्बर बनाएको थियो। तेस्रो गोल पुलिसका रवि पासवानले गरे।

च्यासलका लागि एक मात्रै सान्त्वना गोल सान्तबहादुर गुरुङले गरे। दोस्रो हाफमा मैदान छिरेका सन्तबहादुरले ९०औं मिनेटमा पुलिसका गोलरक्षक शत्रुधन चौधरीको हातबाट फुत्किएको बललाई पोस्टको दिशा दिएका थिए। शनिबारको खेलमा पुलिसका विक्रम धिमाल म्यान अफ दी म्याच भए। पुलिसले फाइनलमा क्यामरुनको डफिन्ससँग प्रतिस्पर्धा गर्नेछ।

डफिन्स जारी सिजनको तेस्रो उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ। पुलिसको भने दोस्रो फाइनल यात्रा हो। पुलिसका प्रशिक्षक अनन्तराज थापाले युवा टोलीले अपेक्षा अनुसारको खेल खेलेको भन्दै उपाधिका लागि सशक्त रूपमा मैदानमा उत्रिने बताए। प्रतियोगिताको फाइनल सोमबार हुनेछ। यस्तै, उत्कृष्ट खेलाडीले स्कुटर र विद्यागत रूपमा उत्कृष्ट हुनेले २५ हजार पुरस्कार पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.