वडा अघि–अघि, गाउँपालिका पछि

वडा अघि–अघि, गाउँपालिका पछि

धनकुटा : सहिदभूमि गाउँपालिका कार्यालय भाडाको घरमा छ। वडा कार्यालय भने आफ्नै भवनबाट सञ्चालनमा छन्। यहाँ सात वडा छन्। अधिकांश वडाको काम साबिक गाविस भवनबाट भइरहेको छ।

गाउँपालिकाको वित्तीय समानीकरणको पूर्वाधार विकास कार्यक्रमबाट तीन वडा भवन निर्माणाधीन छन्। २ नम्बर वडा कार्यालय साबिक छिन्ताङ गाविस भवनमा छ। यहाँबाट एक वर्षअघि तीन वडा कार्यालय सञ्चालनमा थिए। ३ नम्बर वडा कार्यालयको भवन निर्माणधीन छ। एक तला ढलान भइसकेको छ। यसका लागि गाउँपालिकाबाट १ करोड ५ लाख बजेट विनियोजन भएको थियो। तत्कालका लागि वडाको कार्यसञ्चालन पञ्चकन्यास्थित सहिद स्मृति प्रतिष्ठानको भवनबाट भइरहेको छ। असारसम्म भवन निर्माण गरिसक्ने लक्ष्य छ।

४ नम्बर वडा कार्यालय पनि साबिक खोकु गाविस भवनबाट सञ्चालित छ। वडा नम्बर ५ को भवन निर्माणाधीन रहेका कारण घर भाडामा ल्याइएको छ। ६ नम्बर वडाको आफ्नै भवन छ। साबिक आँखीसल्ला गाविस भवनमा वडा कार्यालय छ। ७ नम्बर वडाको पनि भवन निर्माणाधीन छ। कार्यालय भाडाकै घरमा छ। १ नम्बर वडाको कार्यालय कहाँ राख्ने भन्ने विवाद छ। बजेट विनियोजन भए पनि भवन निर्माण अघि बढेको छैन।

गाउँपालिका भवन बनाउन स्थानीयले जग्गा उपलब्ध गराएका छन्। तर, बजेट विनियोजन नहुँदा दुई वर्षसम्म गाउँपालिकाले आफ्नो भवन बनाउन सकेको छैन। जनप्रतिनिधिका कार्यकक्षसहित बैठक कक्ष, केन्द्रको प्रशासनिक र विषयगत कार्यालयको काम भाडाकै घरबाट भइरहेको छ। कोठा पनि साँघुरा छन्। काम गर्न असहज भइरहेको गाउँपालिका अध्यक्ष मनोज राईले सुनाए।

गाउँपालिका केन्द्र खोकु पिप्लेमा छ। पिप्लेका दुई घर भाडामा लिइएको छ। यी घर कार्यालयमैत्री नहुँदा कार्यसम्पादनमा समस्या परेको अध्यक्ष राईको भनाइ छ। गाउँपालिकाको जग्गा भएको स्थान पिप्लेमा भवन बनाउन डिजाइन तयार पारिएको छ। यसका लागि जिल्ला समन्वय समिति र प्रदेश सरकारसँग समन्वय भइरहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.