ग्रामीण सडकको छैन भर

ग्रामीण सडकको छैन भर

तेह्रथुम : जिल्लाका सबै स्थानीय तहले सडक निर्माण तथा मर्मतमा करिब ७० प्रतिशत बजेट खर्र्चिएका छन्। तहले मोटो रकम खर्च गरी बनाएका ग्रामीण सडकमा हिउँदमा मात्रै गाडी गुड्छन्। सिमसिम पानी पर्दा नै कच्ची सडकमा सवारी साधान चल्न मुस्किल हुन्छ। जिल्लाका ६ वटा स्थानीय तहले गाउँमा सडक पुर्‍याए पनि वर्षमा मुस्किलले ६ महिना भन्दा बढी सवारी साधान गुड्न सक्दैनन्।

घण्टौं हिड्नुपर्ने स्थानीयको समस्या बर्खायाम लागेसँगै सुरु हुन्छ। घरमै पुगेको सडकमा गुड्ने गाडीको सुविधा अझै भरपर्दाे बन्न सकेको छैन। सडकको मर्मत तथा स्तरोन्नति नगरिएपछि वर्षामा कोही बिरामी भए स्वास्थ्य केन्द्र एवं अस्पतालसम्म लैजान स्टेचरकै भर पर्नुपर्छ। डोली, डोको र स्टेचरमा बिरामीलाई बोक्ने समस्या जिउँका तिउँ रहेको छथर गाउँपालिका हमरजुङका गजेन्द्र विकले बताए।

बुहारीलाई प्रसूतिका लागि स्वास्थ्य केन्द्रमा लैजान गाडी चढाए पनि सिमसिम पानीका कारण सडक हिलाम्य भएर गाडी गुड्न नसक्दा स्टेचरकै साहारा लिनु परेको उनले सुनाए। ‘सडक र सवारी भएर के भो र चाहिएको बेला उपभोग गर्न पाईदैन’, उनले भने।

हिउँदमा गाडी निर्वाध गुड्ने गाउँका कच्ची सडकमा वर्षा सुरु भएपछि गाडी गुड्दैनन्। सवारी नचलेपछि स्थानीय तथा पर्यटकले घण्टांै हिँडेर यात्रा गर्नु पर्ने बाध्यता छ। विकले भने, ‘स्थानीय तहको निर्वाचन भएको दुई वर्ष पुग्यो गाउँको समस्या उस्तै छ।’

जनप्रतिनिधिमा महँगा गाडी सेवा लिने होड भए पनि जनताको समस्यामा ध्यान नदिएको नागरिकको गुनासो छ। गाउँमा गुड्ने गाडीका चालक र मालिकलाई आकाशमा गड्याङ गुडुङ सुरु हुने बित्तिकै तनाव सुरु हुन्छ। ‘दिनमा गाउँवस्ती आए पनि राति पानी पर्‍यो भने बिहान फर्कन सकिँदैन’, यातायात व्यवसायी उदयदिप लिम्बूले भने।

सडकका कारण गाउँमा किसानले उत्पादन गरेका कृषिजन्य सामाग्री बजारसम्म पुर्‍याउन समस्या हुने गरेको आठराई गाउँपालिका संक्रान्तिका कृषक अमृत बास्तोलाले बताए।

गाउँमा सडकको ट्रयाक खोल्ने होड नै चलेको छ। सडक निर्माणका लागि गठन भएका उपभोक्ता समिति स्तरीय सडक बनाउनु भन्दा यो योजनाबाट कति फाइदा निस्कला भनेर काम गर्ने गरेको म्याङलुङ–५ का नेत्र सोदेम्बाले बताए। उनले भने ‘अधिकांश उपभोक्ता समिति फाइदाका पछि लाग्दा ग्रामीण सडक भरपर्दा हुन सकेका छैनन्।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.