भाषाशास्त्री बालकृष्ण पोखरेलको निधन

भाषाशास्त्री बालकृष्ण पोखरेलको निधन

विराटनगर  : भाषाशास्त्री तथा वरिष्ठ साहित्यकार प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको छ । ८६ वर्षीय पोखरेलको आइतबार बिहान साढे १ बजे विराटनगरस्थित घरमै निधन भएको हो।  माघ ६ गते भारतको सिक्किमस्थित गान्तोकमा छोरीको घर गएको बेला पोखरेललाई मस्तिष्कघात भएको थियो ।

गान्तोकबाट काठमाडौंको नर्भिक अस्पताल ल्याई उपचार गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि विराटनगरमा ल्याइएका उनको स्वास्थ्य बिग्रदै गएपछि उपचारका लागि विराटनगरकै श्री अस्पतालमा भर्ना गरिएको थियो ।

 अस्पतालबाट डिस्चार्ज भएर उनी घरमै आराम गरिरहेका थिए । लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको औषधि सेवन गरिरहेका थिए ।  पोखरेलको जन्म वि.सं. १९९० मा चिसापानीगढी, मकवानपुरमा भएको हो । उनी  रूपावासी, वसन्त, वत्सल, ईसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साँहिलो, हिमालपाने बराल आदि उपनामबाट पनि नेपाली साहित्यका क्षेत्रमा चिनिन्छन् । 

भारतको कोलकाता विश्वविद्यालयबाट ऐतिहासिक भाषा शास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरेका उनी २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशामा आवद्ध भएका थिए ।  २०२७ सालदेखि २०३६ सालसम्म महेन्द्र मोरङ क्याम्पसमा र स्नातकोत्तर क्याम्पस खुलेपछि सोही क्याम्पसमा भाषाविज्ञान प्राध्यापन गराएका पोखरेलले २०४६ मा अवकास लिएका थिए । 

उनी २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य भए । सो समयमा उनले बृहत् नेपाली शब्दकोषको सम्पादनमा गहनतम योगदान पुर्‍याएको साहित्यकार मीनकुमार नवोदितले बताए । पोखरेलको निधनबाट नेपाली भाषा साहित्यका क्षेत्रमा अपूरणीय क्षति पुगेको उनले बताए । नेपाली भाषा र साहित्यको विकास तथा संरक्षणमा पोखरेलले पुर्‍याएको योगदान सधैं कदरयोग्ग रहेको नवोदितल बताए । 

उनी अनेक भाषिक तथा साहित्यिक संस्थाहरूमा आवद्ध थिए । प्राध्यापक पोखरेलका ३ दर्जनबढी कृतिहरु प्रकाशित छन् । उनले नेपाली भाषा र साहित्य नामक ग्रन्थका लागि गद्य विधामा मदन पुरस्कार २०२१ प्राप्त गरेका थिए । यसबाहेक उनी प्रतिभा पुरस्कार, गोपाल पाण्डे असीम पुरस्कार, झपट पुरस्कार (२०५५), उदयानन्द पुरस्कार (२०५६), पृथ्वी प्रज्ञा पुरस्कारलगायतबाट पुरस्कृत भइसकेका छन् । पोखरेलका १ छोरा र २ छोरी छन् । पोखरेलकी श्रीमतीको ४ वर्ष अघि नै निधन भएको थियो । उनको अन्त्येष्टी आइतबार नै परोपकारघाटमा गरिने पारिवारिक श्रोतले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.