थामखर्कमा नियमित उडान

थामखर्कमा नियमित उडान

ओखलढुंगा : खोटाङको थामखर्क विमानस्थलमा नियमित उडान सुरु भएको छ। धावनमार्गको कालोपत्रे पूरा भएर उद्घाटन गरिएसँगै विमानस्थलमा नियमित उडान सुरु भएको हो। खोटेहाङ गाउँपालिका–४ स्थित बडकादियालेमा रहेको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सले बुधबारदेखि नियमित उडान सुरु गरेको थामखर्क विमानस्थलका स्टेसन इन्चार्ज नरेन्द्र उदासले बताए।

परीक्षण उडान लगत्तै नेपाल एयरलाइन्सले हरेक शनिबार काठमाडौं–थामखर्क–काठमाडौं, बुधबार काठमाडौं–थामखर्क–विराटनगर र विराटनगर–थामखर्क–काठमाडौं उडान सुरु भएको जनाएको छ।

कालोपत्रेका विभिन्न चरणका काम सुरु गरिएसँगै २०७३ साल चैत्र १३ गतेदेखि उडान रोकिएको थामखर्क विमानस्थल कालोपत्रे भएपछि गत माघ २८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारी र प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका थिए। जिल्लाको दक्षिणी क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर २०५६ सालबाट सञ्चालनमा ल्याइएको उक्त विमानस्थल कालोपत्रे नहुँदा वर्षा याम लागेसँगै अवरुद्ध हुने गरेको थियो।

धावनमार्गको कालोपत्रे पूरा भएर उद्घाटन गरिएसँगै विमानस्थलमा नियमित उडान सुरु भएको हो।

कालोपत्रे गरिएको थामखर्क विमानस्थलमा नियमित उडान हुने भएपछि खोटेहाङ, जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका स्थानीय हर्षित बनेका छन्। थामखर्क विमानस्थल सञ्चालनमा आएपछि स्थानीयले जहाज चढ्ने वषौंदेखिको सपना पूरा भएको हो। स्थानीय किरण राईले विमानस्थलले खुसी ल्याएको बताए। विमानस्थल सञ्चालन भएपछि गम्भीर रोगबाट पीडित तथा आकस्मिक उपचार गर्न लैजानुपर्ने बिरामीले महँगोमा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता हटेको छ।

विमानस्थलमा जहाज चलेपछि बिरामीलाई सहज भएको उनले बताए। उनले भने, ‘सुत्केरी व्यथा लागेका र गम्भीर बिराम लागेकाले हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता हटेको छ, उडान नियमित हुनुपर्छ।’ थामखर्कबाट काठमाडौं आउन दुई दिन लाग्छ। त्यहाँबाट उदयपुरसम्म ९६ किलोमिटर कच्ची सडक पार गर्न एक दिन खर्चिनु पर्छ भने उदउपुरबाट अर्को दिन मात्रै राजधानी काठमाडौं पुग्न सकिन्छ। विमानस्थल सञ्चालनमा आएपछि राजधानी यात्रामा दुई दिनको कष्टपूर्ण यात्रा गर्ने बाध्यता हटेको अर्का स्थानीय हरि राई बताउँछन्।

खोटाङका प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले थामखर्क विमानस्थल ले समग्र खोटाङको विकासमा सहयोग पुग्ने बताए। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले वर्षको ५÷६ महिना मात्रै उडान हुने थामखर्क विमानस्थल स्तरोन्नतिपछि नेपाल वायुसेवा निगमले नियमित साताको दुईपटक उडान भर्ने बताए।

थामखर्क विमानस्थल कालोपत्रको काम रौता कन्स्ट्रक्सनले करिब १० करोड ६० लाख ७१ हजारमा २७ महिनामा पूरा गरेको हो। २०७३ चैतबाट २० रोपनी ६ आना ३ दाम क्षेत्रफलमा विमानस्थलको कालोपत्रे गरिएको हो। रनवे ६ सय ३० मिटर लामो रहेको छ भने अन्य संरचना पक्की बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.