डेरामा सारियो जमुनालाई

डेरामा सारियो जमुनालाई

बेनी : गरिबीका कारण दुई नातीसहित विद्यालयको चर्पीमा बस्दै आएकी बेनी नगरपालिका–२ ज्यामरुककोटकी जमुना सुनारलाई डेराको व्यवस्था मिलाइएको छ। वडा नम्बर–२ का जनप्रतिनिधि र स्थानीय अगुवाको पहलमा ७५ वर्षीया जमुना, उनका नाती ९ वर्षीय एनोस र ७ वर्षीय सिमसनलाई बगरफाँटमा कोठा खोजी डेराको व्यवस्था गरिएको हो ।

बुधबार चर्पीको बासबाट डेरामा सारिएको हो। दुई नातीसँगै बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालय परिसरमा रहेको चर्पीमा मंसिरदेखि बस्दै आएकी सुनारको दयनीय अवस्थाका बारेमा अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित भएको थियो। समाचार सार्वजनिक भएपछि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जुट्नुका साथै जनप्रतिनिधिले उनीहरुको व्यवस्थापनमा चासो देखाएका हुन् ।

दुई वर्षदेखि सम्र्पक विहीन भएका जमुनाका छोरा राजुलाई प्रहरीको सहयोगमा सम्र्पकमा ल्याएर छोराको संरक्षण, शिक्षा र पालनपोषणको जिम्मा लगाइएको वडाध्यक्ष हीराबहादुर थापाले जानकारी दिए। मराङकी युवतीसँग दोस्रो विवाह गरी दरबाङमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका राजुले छोराको लागि मासिक छ हजार रुपैयाँ जमुनालाई उपलब्ध गराउने सहमति गरेका छन् ।

बुवा र आमाले दोस्रो विवाह गरेर बेपत्ता भएपछि अलपत्र बनेका एनोस र सिमसन २ वर्षदेखि हजुरआमा जमुनासँग बस्दै आएका हुन्। उनीहरुकी आमा मञ्जुले पनि दोस्रो विवाह गरेर सम्र्पक विहीन भएकी छन्। वडाध्यक्ष थापाले सुनार परिवारको बसोबास व्यवस्था गर्न जग्गा खोजी भइरहेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.