स्याङ्जामा ४७ करोडको सुन्तला उत्पादन

स्याङ्जामा ४७ करोडको सुन्तला उत्पादन

स्याङ्जा : स्याङ्जामा यस वर्ष ४७ करोड रुपैयाँका सुन्तला उत्पादन भएको छ । सुन्तलाखेती गर्न उपयुक्त हावापानी भएको स्याङ्जामा गत वर्षको तुलनामा दोब्बर सुन्तला उत्पादन भएको हो । यसवर्ष सुन्तलाले नयाँ रेकर्ड कायम राखेको किसान बताउँछन् ।

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ४६ करोड ८१ लाख २९ हजार २४ रुपैयाँका सुन्तला फलेको थियो । सुन्तलाका लागि प्रतिकूल मौसमका कारण गतवर्ष सुन्तला उत्पादनमा निकै कमी भयो । फूल खेल्ने समयमदेखि फलटिप्ने समयसम्म तीन पटक असिना पानीका कारण गतवर्ष सुन्तला उत्पादन न्यून बनेको हो । गतवर्ष सुन्तलाबाट २२ करोड रुपैयाँ आम्दानी भएको थियो भने झण्डै १२ करोडभन्दा बढीको क्षति पुगेको थियो । गतवर्षको तुलनामा यसवर्ष ५३ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख लोकेन्द्र बोहराले जानकारी दिए ।

अर्जुनचौपारी गाउँपालिकाका सुन्तला किसान फणिनारायण अर्यालले यसवर्ष ३० लाखको सुन्तला बिक्री गरेको बताए । यसैगरी, पुतलीबजार नगरपालिकाका मुक्तिप्रसाद अधिकारी र कृष्ण अर्यालले २०/२० लाख, बोधराज अर्यालले १७ लाख, रामकाजी रानाले १० लाख, भीरकोट नगरपालिकाका शालिकराम अर्यालले १७ लाख, तीरमाया गुरुङ र केशव गुरुङले १०/१० लाख, मिनप्रसाद कोइराला र गिरीधारी कोइरालाले १३ लाख , विष्णु कोइरालाले ८ लाख, वालिङ नगरपालिकाका खेमराज गुरुङले १२ लाख रुपैंयाँ आम्दानी गरेको जनाएका छन् । उनीहरु जस्ता धेरै किसानहरु जसले वर्षमा सुन्तलाबाटै लाखौं रुपैंया कमाएका छन् । पुतलीबजार नगरपालिका १० वडाबाट मात्र झण्डै १० करोड मूल्य भन्दा बढी सुन्तला उत्पादन भएको सुन्तला किसान मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.