एनसेलका कर्मचारीलाई सीडीओले सोधे-‘किन घटनाको सूचना नदिएको ?

एनसेलका कर्मचारीलाई सीडीओले सोधे-‘किन घटनाको सूचना नदिएको ?

ललितपुर : एनसेल मुख्यालय लक्षित बम विस्फोटको सूचना सुरक्षा निकायलाई नगराएको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले असन्तुष्टि जनाएको छ । यस्ता घटनाको जानकारी तत्काल प्रहरीलाई खबर गर्नुपर्ने भए पनि सम्बन्धित पक्षले जानकारी नदिएको भन्दै सीडीओ कार्यालयले गम्भीर रूपमा लिएको हो ।

एनसेलका कर्मचारी सुरक्षा माग गर्दै आइतबार ललितपुर सीडीओ कार्यालय पुगेपछि सीडीओ प्रेमराज जोशीले विस्फोटको खबर सुरक्षा निकायलाई किन नगरेको भनि सोधेका थिए । जोशीका अनुसार विस्फोट साँझ करिब ८ बजे भएको थियो । उनी धनगढीबाट आइपुगेका मात्र थिए । ‘अन्तैबाट घटनाको जानकारी पाएपछि सवा ८ तिर घटनास्थल पुगेँ’, उनले गम्भीर घटनामा पनि प्रहरी प्रशासनलाई सूचना नदिएको असन्तुष्टि व्यक्त गर्दै भने, ‘समयमा खबर गरेको भए ठूलो क्षति नहुन सक्थ्यो । म आफैं त्यहाँ पुगेँ तर जानकारी नै गराएनन् ।’

एनसेल कार्यालयको सुरक्षा प्रमुख महेन्द्रकुमार भट्टचन छन् । उनी पूर्वसशस्त्र प्रहरी हुन् । मूलद्वारमा खटिएका सुरक्षा गार्ड पूर्वसैनिक भएकाले यस्ता घटनाबारे सचेत हुनुपर्ने उनको भनाइ छ । अनुसन्धानका लागि सुरक्षागार्डलाई नियन्त्रणमा लिइएको थियो । भैंसेपाटीतिरबाट ४ वटा मोटरसाइकलमा आएका व्यक्तिले विस्फोट गराएको सीसीटीभी फुटेजमा देखिएको उनले बताए ।

‘थोरै मात्र सतर्कता अपनाएको भए सर्वसाधारणले ज्यान गुमाउनुपर्ने थिएन ।’यसैबीच नेपाल मानव अधिकार संगठनले बम विष्फोट घटनाको भत्र्सना गर्दै अपराधीलाई कारबाही गर्न सरकारसमक्ष माग गरेको छ । हिंसात्मक घटनाले आम नागरिकमा त्रास फैलाउने काम भएको र मुलुकमा पुनः हिंसाले ठाउँ लिन खोजेको भन्दै संगठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालले विज्ञप्ति जारी गरी बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.