गाउँपालिकाले बनाइदियो घर

गाउँपालिकाले बनाइदियो घर

भोजपुर : जायजेथाका नाममा भुप्रो घर पनि नभएका नरबहादुर विक र उनकी पत्नी विमला बिहान बेलुकी छाक टार्न दिनभर ज्याला मजदुरी र मेलापात गर्छन्। आमचोक गाउँपालिका–३ थिदिंखाका उनीहरु दाजु भक्तबहादुरको घरमा बस्दै आएका छन्। सुकुम्बासी भएकाले अर्काको घरमा बस्दा छिमेकीले हेर्ने दृष्टिकोण र व्यवहार पनि फरक हुन्थ्यो। ‘अर्काको घरमा बस्दा छिमेकीले हेपेर बोल्थे। तल्लो स्तरको व्यवहार गर्थे’, विमलाले भनिन्, ‘आफ्नो जग्गा छैन। कहाँ घर बनाउनु। घर बनाउने पैसा कहाँबाट ल्याउनु ? ’

२०७४ भदौमा गाउँपालिकाको पहिलो गाउँसभाले गरिव तथा विपन्न पहिचान गरी आवास निर्माण गरिदिने निर्णय गरेको थियो। नरबहादुर र विमला वडाको सिफारिस सूचीमा परेपछि खुःसी भए। जनता आवास कार्यक्रमअन्र्तगत गाउँपालिकाले चिटिक्क परेको एकतले भूकम्प प्रतिरोधी घर बनाइ दिएपछि उनीहरुमा खुसीको सिमा छैन। गाउँपालिकाले घर निर्माण गरिदिएपछि उनीहरु दंग छन्। ‘वर्षौदेखि आफ्नै घरमा निदाउन पाउने सपना साकार भएको छ’, नरबहादुरले भने।

नयाँ घरलाई ‘मेरो घर’ भन्न पनि सपनाजस्तै लागेको नरबहादुरले बताए। आमचोक गाउँपालिका–२ यूँका दावा शेर्पाले पनि नयाँ घर पाएका छन्। भने, ‘गरिवीले गर्दा घर बनाउन सकिएन। बिहान बेलुकी हातमुख जोर्न गाह्रो भएको बेला यति राम्रो घर पाउँदा सपना जस्तै लागेको छ।’ आमचोक गाउँपालिकाले पहिलो गाउँसभाबाट गाउँपालिका क्षेत्रभित्रका विपन्न, असहाय, एकल महिला, पिछडिएका अल्पसंख्यक र दलितलाई लक्षित गरेर विपन्न जनता आवास कार्यक्रम ल्याएपछि गरिव र असहायलाई ओत लाग्ने छहारी मिलेको हो।

स्थानीय सरकार आएपछि जनता आवासले गरिवलाई ठुलो राहत मिलेको घर पाउनेमध्येका अर्का आमचोक–६ देवानटारका जसकुमार राईले सुनाए। ‘गरिवलाई आफ्नो घर पाउनु स्वर्ग पाएजस्तै भएको छ। सधैं पानी चुहिने, कठ्याङ्ग्रीने झुपडीबाट न्यानोमा आइपुग्न पाइयो’, जसकुमारले भने। नेपाल सरकारले सबै क्षेत्रमा जनता आवास कार्यक्रम अगाडि बढाइरहेका बेला गाउँपालिका आफैंले स्थानीयस्तरमा कार्यक्रम ल्याएको हो।

गाउँपालिकाले लक्षित वर्गलाई प्राथमिकतामा राखेर पाँचवर्षको अवधिभर प्रत्येकवर्ष गाउँपालिकाभित्रका कमजोर आय श्रोत भएका अति गरिव तथा विपन्न परिवारलाई घर बनाइदिने घोषणा गरेको छ। गाउँपालिकाले पहिलो गाउँसभाबाट विपन्न जनता आवास कार्यक्रम शीर्षकमा ३ लाख ६० हजारका दरले ५ परिवारका लागि १८ लाख रुपैयाँ विनियोजन गरेको थियो।

आवास कार्यक्रमलाई व्यवस्थित बनाउन खानेपानी, चर्पी, विजुलीलगायत आवश्यक पूर्वाधार थप्दै लगिने जनता आवास कार्यक्रम आमचोकका अध्यक्ष डिक्पाल राईले बताए। उनका अनुसार बनिरहेका संरचनामा पनि आधारभूत पूर्वाधार थप्दै लैजाने गाउँपालिकाको योजना छ। १० वटै वडाबाट सिफारिस भएका गरिव घरधूरीको तथ्यांकबाट अति गरिवभित्र पर्नेको पहिचानपछि गाउँपालिकाले आवास बनाउने प्रक्रिया बढाएको हो।

घर नभएको समस्या झेलिरहेका विपन्न घरपरिवारलाई राहत दिलाउने लक्ष्यले यो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष अशोक राईले बताए। ‘खुला आकाशमा बस्ने गरिव जनताको छानो ओढाउने कामको थालनी भएको छ’, अध्यक्ष राईले भने, ‘यसलाई आगामी दिनमा अझै विस्तार गरिने छ। बेघर, बेसहारा जनतालाई सुकुम्बासी हुनबाट रोक्न कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरेका छौं।’ आमचोक–७ देवानटारकी कमला हायू, वडा नम्बर ६ देवानटारका जसकुमार राई, वडा नम्बर–२ यूँका दावा शेर्पा, वडा नम्बर–९ दुम्मानाका टेकबहादुर श्रेष्ठ र वडा नम्बर–३ थिदिंखाका नरबहादुर विकले जनता आभास कार्यक्रमअन्र्तगत घर पाएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.