१३ वर्षीय बालकले गरे आफ्नै कोठामा झुन्डिएर आत्महत्या
राजविराज : सप्तरीमा एक बालक झुण्डिएको अवस्थामा फेला परेका छन्।तिलाठी कोइलाडी गाउँपालिका- ७ मन्सापुर बस्ने शिवकुमार मण्डलका १३ वर्षीय छोरा कृष्णकुमार मण्डल आफ्नै कोठामा बाँसको बलोमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए।
प्रहरीका अनुसार कोठाभित्रको बाँसको बलोमा तन्नाको पासो लगाई झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।अघिल्लो दिन मृतकका बुवा शिवकुमार मण्डल छोरीलाई ससुराली घर पुर्याउन बिराटनगर गएका थिए।
शवको पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ल्याइएको छ।