एलाइन्स ल्यायो ल्यापटप रिपेयरिङ एन्ड ट्रेनिङ सेन्टर
काठमाडौं : युवालाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्सले ल्यापटप रिपेरिङ एण्ड ट्रेनिङ सेन्टर संचालनमा ल्याएको छ। आइएसओ र सीटीईभीटीबाट मान्यता प्राप्त भएसँगै नयाँ ढंगबाट कक्षा सञ्चालनमा ल्याएको सेन्टरका सञ्चालक दिपक पोखरेलले बताए। ल्यापटप तथा डेक्सटपका 'चिप लेवल' र मोबाइलसम्बन्धी तालिम दिइरहेको एलाइन्सले नेटवर्किङ सम्बन्धी ज्ञान पनि दिइरहेको छ।
कम्पनिले शतप्रतिशत रोजगारीको ज्ञारेन्टीसहित कम्प्युटर, ल्यापटप, मोबाइलसम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आएको कम्पनिका प्रमुख दिपक पोखरेलले जानकारी दिए। एलाइन्सले आइफोन, सामसुङ, म्याक, इम्याकका प्रोडक्टको मर्मतका लागि स्पेशल कक्षाको समेत व्यवस्था गर्दै आएको छ। एलाइन्सले विगत ८ वर्षदेखि कम्प्युटर, ल्यापटप र मोबाइलको क्षेत्रमा चिप लेबलको तालिम प्रदान गर्दै आएको छ। चिप्स लेबलको तालिम दिने आफू पहिलो संस्था भएको कम्पनीको दावी छ।
यो कम्पनीले युवालाई रोजगारीको सृजना गर्नुका साथै युवामाझ उद्यमशिलता र जागरुकता ल्याएको छ। एलाइन्सले ल्यापटप, कम्प्युटर, मोबाइल, प्रोजेक्टर लगायतका सामाग्रीको चिप लेबल ट्रेनिङमा रोजगारीसहित एकवर्षको प्याकेज सञ्चालन गरेको छ।
मोबाइल, कम्प्युटर ल्यापटपमा आउने जुनसुकै समस्या पनि मेसिनबाट २० मिनेट भित्रै पत्ता लगाई २४ घण्टाभित्र डेलिभरी गर्न सक्ने ग्यारेन्टी गरेको संस्थाले आफ्ना विद्यार्थीलाई पनि सोही लेवलकै तालिम दिँदै आएको कम्पनीले जनाएको छ।