माग पूरा नभए चैतदेखि जनसंघर्ष : कमल थापा

माग पूरा नभए चैतदेखि जनसंघर्ष : कमल थापा

बिर्तामोड : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाले उठाएको माग फागुन मसान्तसम्ममा सम्बोधन नभए चैतदेखि जनसंघर्ष सुरु गर्ने बताएका छन्। 

बुधबार ताप्लेजुङबाट सुरु हुने स्वाभिमान यात्राको उद्घाटनका लागि ताप्लेजुङ जाने क्रममा झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा उठाएका माग सम्बोधन गर्न आग्रह गर्दै भने, ‘हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोलमेच सम्मेलन तथा सुशासनका लागि २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गर्नुपर्ने हाम्रो मुख्य माग हो। यो माग सम्बोधन नभए जनसंघर्ष सुरु हुन्छ।’ 

अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको बताउँदै पछिल्लो १२ वर्ष देशले अवलम्बन गरेको मार्गचित्र नै त्रुटिपूर्ण रहेको दाबी गरे। 

‘यस्तै अवस्था रहे ठूलै राजनीतिक अराजकता निम्तिन सक्ने खतरा छ, यसलाई रोक्न सरकारले अग्रणी भूमिका निर्वाह गर्ने समय आएको छ’, अध्यक्ष थापाले भने। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ‘मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ बुधबार ताप्लेजुङबाट सुरु हुँदैछ। 

हिन्दू राष्ट्रको पुनः स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिनु यात्राको सुरुवात गरेको अध्यक्ष थापाले बताए।

ताप्लेजुङ सदरमुकामबाट सुरु हुने यात्रा पाँचथर, इलाम झापा हुँदै कञ्चनपुरसम्म पुग्ने र त्यहाँबाट फर्केर बुटवल, पाल्पा, स्याङ्जा, कास्की हुँदै काठमाडौं पुगेर फागुन ३० गते समापन हुनेछ। १५ दिने स्वाभिमान यात्राका क्रममा २२ सय ६० किलोमिटरको दूरी तय गरिने राप्रपाको भनाइ छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.