ट्विटरमा भारत र पाकिस्तानका विपरीत ट्रेन्डिङ #IndiaStrikesPakistan #IndianFailedStrike
काठमाडौं : भारतले पाकिस्तानी भूभागमा गरेको हवाई हमलाले ट्विटर प्रयोगकर्तालाई पनि तताएको छ। हमलाबारे दुई देशका प्रयोगकर्ता ट्विटरमा पक्ष विपक्षमा उभिएका छन्।
भारतमा इन्डिया स्ट्राइक्स पाकिस्तान अर्थात् पाकिस्तानमाथि भारतीय हमलालाई ट्रेन्डिङ बनाएका छन्।
यता पाकिस्तानमा भने इन्डियन फेल्ड स्ट्राइक अर्थात् भारतीय हमला असफल भन्दै ट्विट गरिरहेका छन्। साँझसम्ममा यो पाकिस्तानको ट्रेन्डिङ टपिक हो। यो सामाचार तयार पार्दासम्म यस विषयमा २२ हजार ट्विट भएका छन्।पाकिस्तानीहरूको आरोप छ कि भारतले यो असफल हमलालाई चुनावी मसलाका रुपमा प्रचार गरिरहेको छ।
तर धेरै भारतीयहरूले पाकिस्तानमाथि हमला गर्नु ठिक भएको प्रतिक्रिया दिएका छन्।
ट्विटरबाटै ब्रेक भएको यो खबरबारे अधिकांश भारतीय मिडियाले दिनभर कभरेज गरेका छन्। टेलिभिजनहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रसंसा गर्दै दिनभर खबर प्रसारण गरिहरेका छन्।