पाकिस्तानी भूमिमा भारतीय बम हमला, खास घटना के हो ?

पाकिस्तानी भूमिमा भारतीय बम हमला, खास घटना के हो ?

एजेन्सी : मंगलबार बिहान भारतीय वायुसेनाको लडाकु विमानले पाकिस्तानको सीमाभित्र घुसेर बम आक्रमण गरेको छ।  भारतीय सञ्चार माध्यामहरुमा आएका खबरअनुसार कस्मिरको सीमाक्षेत्र पाकिस्तानी भू-भाग बालाकोटमा  आतंकारीको अखडामा भारतीय वायु सेनाले आक्रमण गरेको दाबी गरिएको छ। १ हजार किलो विस्फोटक पदार्थ खसालिएको र आक्रमणमा परी ३०० भन्दा बढी आतंककारी मारिएको दाबी गर्दै भारतीय सञ्चार माध्यामहरुले खबर दिएका छन्। बम हमलाको घटनालाई भारतीय सञ्चारहरुले सनसनीपूर्ण तरिकाले प्रस्तुत गरिरहेका छन् । 

भारतले कश्मीरको पुलवामा ज्यान गुमाएका सुरक्षाकर्मीको खुनको बदला लिएको भन्दै भारतीय टेलिभजन, अनलाइनहरुले उत्तेजित खबरहरु दिइरहेका छन् ।  फेब्रुअरी १४ मा ४६ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आत्मघाती हमलामा पाकिस्तानको संलग्नता रहेको आरोप भारतले लगाउँदै आएको छ।  

बम आक्रमणको पुष्टि पाकिस्तानले पनि गरेको छ । तर हल्ला गरिए जस्तो कोही हताहती नभएको पाकिस्तानी पक्षको दाबी छ ।   पाकिस्तानमा आक्रमण गर्न आएको भारतीय वायु सेनाको लडाकु विमान पाकिस्तानको प्रतिरोधपछि भागेको जनाइएको छ। पाकिस्तानी सुरक्षा बलका प्रवक्ता मेजर जेनरल आसिफ घाफुरले भारतीय सेनाले पाकिस्तानमा छिरेर बम खसालेको पुष्टि गरेका छन् । 

उनले ट्वीटरमा पोस्ट गर्दै  पाकिस्तानको मुज्जफरवाद क्षेत्रमा भारतीय लडाकु विमान प्रवेश गरेको र पाकिस्तानी एयरक्राफ्टले तत्काल प्रतिरोध गरेपछि खुल्ला ठाउँमा बम खसालेर भागेको जानकारी दिएका छन्। 

घाफुरले त्यसबाट कुनै भौतिक संरचना तथा मानवीय क्षति नभएको  दाबी गरेका छन। पाकिस्तानी प्रधानमन्त्री विदेशमन्त्री शाह मेहमुद क्यूरेशीले एक भिडियो सन्देश दिँदै भारतको यो हर्कत निन्दनी भएको बताएका छन्। उनले भारतले ‘लाइन अफ कन्ट्रोल’को उलंघन गरेको भन्दै आत्मरक्षाका लागि यसको उचित जवाफ दिने अधिकार पाकिस्तानसँग रहेको दाबी गरेका छन्। यसबारे निर्णय गर्नका लागि सुरक्षा परिषद्को बैठक बोलाइएको उनले सन्देशमा भनेका छन् । 

मोदी सरकारका  कृषि तथा किसान कल्याण राज्य मन्त्री गजेन्द्रसिंह शेहवतले 'यो मोदीको हिन्दुस्तान हो, अरुको घरमा घुस्छ पनि हान्छ पनि' भन्दै, उत्साहित हुँदै ट्वीट गरेका छन्।'  भारत सरकारले यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। सुरक्षा परिषदको बैठक बोलाइएको खबर भारतीय सञ्चार माध्यामले दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.