प्रेमकथामा सीमाना बन्यो तगारो : आमा हिरासतमा, घरमा बालबालिका आमाको प्रतीक्षामा

प्रेमकथामा सीमाना बन्यो तगारो : आमा हिरासतमा, घरमा बालबालिका आमाको प्रतीक्षामा
सुन्नुहोस्

भारत : ‘मायाको कुनै सीमा हुँदैन’ भन्ने गरिन्छ । तर गुजरातको आनन्द जिल्लाको लाम्भाभेलका तरुण पटेलका लागि अहिले यही सीमा सबैभन्दा ठूलो बाधा बनेको छ ।

बंगलादेशकी एक महिलासँग विवाह गरेर परिवार बसाएका तरुण अहिले आफ्नो परिवार विखण्डन हुनबाट जोगाउन संघर्षरत छन् । करिब एक दशकअघि भएको यो अन्तरदेशीय विवाह अहिले कानुनी समस्यामा फसेको छ । स्थानीय प्रशासनका अनुसार ती बंगलादेशी महिला भारतमा अवैध रूपमा बसोबास गरिरहेको पुष्टि भएपछि उनलाई निर्वासन (डिपोर्ट) गर्ने प्रक्रिया अघि बढाइएको छ ।

एउटा फोन कलले बदलियो जीवन

गुजरात प्रहरीको ‘अपरेशन डेल्टा हन्ट’ सुरु हुनुअघि परिवारको जीवन सामान्य थियो । तर अभियानपछि उनीहरूको जीवन एकाएक बदलियो । तरुणका अनुसार, जुन २ मा प्रहरी घरमा पुगेको कारण उनकी श्रीमती काजलले बंगलादेशमा रहेकी आफ्नी आमालाई गरेको एउटा फोन कल थियो ।

तरुण भन्छन्, ‘काजलकी आमा बंगलादेशमा बस्नु हुन्छ । त्यहाँको अस्थिर अवस्थाका कारण उनी निकै चिन्तित थिइन् । आमाको स्वास्थ्यबारे बुझ्न फोन गरेकी थिइन् । त्यही फोन ट्रेस भएपछि प्रहरी घरमा आइपुग्यो ।’ प्रहरीले काजलको मोबाइल जाँच गर्दा ‘काजल्स मम’ नाममा नम्बर सुरक्षित रहेको भेट्टायो । त्यसपछि सोधपुछ गरी उनलाई प्रहरी चौकी लगियो र हिरासतमा राखियो । प्रहरीको भनाइअनुसार काजलसँग वैध राहदानी (पासपोर्ट), भिसा वा विवाह दर्ताको प्रमाण नभएकाले कानुनी कारबाही अघि बढाइएको हो ।

फेसबुकबाट सुरु भएको प्रेम
सन् २०१२ मा बंगलादेशको गोपालपुर गाउँकी काजुली र तरुण पटेल फेसबुकमार्फत परिचित भएका थिए । मित्रता प्रेममा बदलियो र उनीहरूले विवाह गर्ने निर्णय गरे । तरुणले उनलाई पासपोर्ट बनाएर भारत आउन आग्रह गरेका थिए । तर परिवारले बंगलादेशी युवकसँग विवाह गर्न दबाब दिएपछि काजुलीले एजेन्टमार्फत पासपोर्ट बनाउन खोजिन् । तर उनी ठगिइन् ।

त्यसपछि उनी बंगलादेशबाट भागेर कोलकाता हुँदै गुजरातको आनन्द पुगिन् र दुवैले विवाह गरे । विवाहपछि उनले आफ्नो नाम परिवर्तन गरी काजल राखिन् । तर आवश्यक कागजात नहुँदा उनीहरूको विवाह कानुनी रूपमा दर्ता हुन सकेन ।

धर्म परिवर्तन र नयाँ चिन्ता
मूल रूपमा मुस्लिम रहेकी काजलले विवाहपछि हिन्दू धर्म अपनाएकी थिइन् । तरुणलाई डर छ, यदि काजललाई बंगलादेश फर्काइयो भने उनको परिवारले उनलाई स्वीकार नगर्न सक्छ ।

आमाको अभावमा रोइरहेका बालबालिका
हाल काजललाई आनन्दस्थित महिला संरक्षण गृहमा राखिएको छ । तरुण भन्छन्, ‘मेरा बच्चाहरू हरेक दिन आमा कहिले आउनु हुन्छ भनेर सोध्छन् । मसँग कुनै उत्तर छैन । यदि उनलाई बंगलादेश पठाइयो भने हाम्रो परिवार नै टुक्रिनेछ ।’ काजलकी सासु इन्दुबेन भन्छिन्, ‘काजल हाम्रो लागि बुहारी मात्र होइन, छोरी जस्तै थिइन् । उनी नहुँदा घर सुनसान भएको छ । बच्चाहरू दिनभरि रुन्छन् ।’ 

मानसिक तनावमा काजल
जागृति महिला संगठनकी अध्यक्ष आशा दलालका अनुसार काजल निरन्तर मानसिक तनावमा छिन् र आफ्ना दुई छोराको सम्झनामा धेरै रुन्छिन् । उनले भनिन्, ‘अनुमति मिलेका बेला कहिलेकाहीँ उनलाई टाढाबाट आफ्ना बच्चाहरू हेर्न दिइन्छ । त्यसले केही राहत त दिन्छ, तर उनी अझै गहिरो चिन्तामा छिन् ।’

अदालतमा कानुनी लडाइँ
तरुण अहिले कुनै पनि हालतमा काजललाई बंगलादेश फर्किन नदिन कानुनी लडाइँ लडिरहेका छन् । उनकी वकिल जैनब सैयदका अनुसार अदालतमा भारतीय संविधानको धारा २१ (जीवन र व्यक्तिगत स्वतन्त्रताको अधिकार) को आधारमा काजललाई भारतीय नागरिकता दिनुपर्ने माग गरिनेछ ।

उनले भनिन्, ‘यदि कुनै विदेशीले भारतीय नागरिकसँग विवाह गरेर लामो समयसम्म भारतमा बसेको छ भने परिस्थितिअनुसार नागरिकताको दाबी गर्न सक्ने आधार बन्न सक्छ ।’ तरुणले आनन्दका सांसद मितेश पटेलसँग पनि सहयोगको आग्रह गरेका छन् । सांसद पटेलले भने, ‘म दिल्ली गएपछि यो विषय केन्द्रीय गृहमन्त्री अमित शाहसमक्ष उठाउनेछु ।’ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.