४५ हजार कर्मचारीको समायोजन सकियो
काठमाडौं : सरकारले निजामतीतर्फका ४५ हजार कर्मचारीको समयोजन गरेको छ । मंगलबारसम्ममा ४५ हजार २७१ कर्मचारीको समायोजन सकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका प्रमुख सहसचिव केदार पनेरुले बताए ।
उनले अब १६ हजार कर्मचारीको मात्रै समयोजन गर्न बाँकी रहेको जानकारी दिए । कृषि, वन, इन्जिनियरिङ र केही तथ्याङ्क सेवाका कर्मचारीको मात्रै सामायोजन बाँकी छ । ६२ हजार निजामति कर्मचारीको समायोजन हुने छन् । उनले एक हप्ताभित्र समायोजनको काम सकिने बताए ।