१५ जिल्लामा हात्तीपाइले रोगको औषधी खुवाइँदै
काठमाडौं : सरकारले १५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी निशुल्क रुपमा खुवाउन सुरु गरेको छ । बुधबारदेखि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको १५ जिल्लाका ७९ लाख नागरिकलाई निशुल्क औषधी खुवाउन लागिएको हो ।
यस रोगको औषधी दुई वर्षभन्दा कम उमेरका बालबालिका, कुपोषण भएका ५ वर्षमुनिका बालबालिका, गर्भवति महिला, सिकिस्त बिरामी, मुटु रोगी, क्यान्सरका बिरामी, मृगौला रोगी, छारेरोग भएका व्यक्तिले सेवन गर्न नहुने डा. लालले बताए । दुई सातासम्म संचालन हुने औषधी सेवन कार्यक्रममा स्वास्थ्यकर्मी र स्वयंसेवकले नजिकको स्वास्थ्य बुथ/सेन्टर र घर-घरमा पुगेर खुवाउने बताइएको छ ।
सरकारले प्रत्येक वर्ष हात्तीपाईले रोगबाट बच्नलाई औषधी खुवाउने कार्यक्रम संचालन गर्दै आएको छ । हात्तीपाइले रोग लागेमा हातखुट्टा र ग्रन्थी सुन्निने, हाइड्रोसिल हुने, स्तनमा गिर्खा देखिनेलगायत समस्या देखिने गर्छ । यस रोगको समयमै उपचार हुन नसकेमा मानिसमा अपाङ्गतासमेत हुने गर्छ ।