भारतीय विमान दुर्घटना गराएर पाइलट नियन्त्रणमा लिएकाे पाकिस्तानी सेनाको दावी
इस्लामाबाद : भारतीय दुईवटा लडाकु विमानलाई हमला गरी खसालेको पाकिस्तानी सेनाले दावी गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता असिफ घफुरका अनुसार पाकिस्तानी सीमाक्षेत्रमा पुगेका दुईवटा भारतीय हवाइ लडाकु विमानलाई यहाँको सेनाले खसालेको हो ।
साथै एक पाइलटलाई अपहरण गरेको पनि उनको दावी छ । अमेरिकाले दुई देशबीच जारी रहेको द्वन्द्ध कम गर्न आग्रह गरेको भोलिपल्टै बुधबार पाकिस्तानी सेनाबाट यस्तो विज्ञप्ति जारी भएको हो । घफुरका अनुसार भारतीय दुई लडाकु विमान पाकिस्तानी आकासमा प्रवेश गरेपछि आक्रमण गरेको समाचार अलजजिरामा उल्लेख छ ।
भारतीय केही मिडियाले भने पाकिस्तानमा ती विमान दुर्घटनामा परेको उल्लेख गरेका छन् । हिजो मात्रै भारतले पाकिस्तानी क्षेत्रमा प्रवेश गरी ३ सय भन्दा बढी त्यहाँका विद्रोहीलाई हत्या गरेको दावी गरेको थियो ।