द्वन्द्ध रोक्न भारत-पाकिस्तानलाई अमेरिकाको आग्रह
नयाँदिल्ली : भारत र पाकिस्तानबीच जारी युद्धप्रति अमेरिकाले चासो देखाउँदै तनाब कम गर्न आग्रह गरेको छ । विदेशमन्त्री माइक पोम्पेओले इन्डिया र पाकिस्तानलाई थप सैन्य अभ्यास रोक्न आग्रह गरेका हुन् ।
भारत र पाकिस्तानको युद्धका कारण दक्षिण एसियाली मुलुकमै परेको असरप्रति लक्षित गर्दै उनले मंगलबार यस्तो आग्रह गरे । पाकिस्तानले भारतको हमलाको जवाफ दिने भन्दै पाकिस्तानी अधिकारीहरुले अभिव्यक्ति दिएपछि अमेरिकी विदेशमन्त्री पोम्पेओले प्रतिक्रिया दिएका हुन् ।
मंगलबार मात्रै भारतले पाकिस्तानी भूमिमा छिरेर लडाकु विमानबाट हमला गर्दै ३ सय भन्दा बढी विद्रोहीको हत्या गरेको दावी गर्दैआएको छ । ‘म दुबैतर्फलाई यो तनाब कम गर्न आग्रह गर्छु । साथै प्रत्यक्ष संवाद गरेर थप सैन्य अभ्यास रोक्ने दुबैतर्फलाई आग्रह गर्छु,’ पोम्पेओले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस !