क्यानडामाथि ट्रम्पको नयाँ ५० प्रतिशत करले फेरि चर्कियो व्यापार युद्ध

क्यानडामाथि ट्रम्पको नयाँ ५० प्रतिशत करले फेरि चर्कियो व्यापार युद्ध
सुन्नुहोस्

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानडामाथि व्यापक नयाँ कर (ट्यारिफ) घोषणा गरेका छन् । यसले अमेरिकाको सबैभन्दा नजिकको सहयोगी र प्रमुख आर्थिक साझेदारमध्ये एक क्यानडासँग पुनः व्यापारिक तनाव बढाउने खतरा देखिएको छ । क्यानडाबाट आउने केही सामान, विशेष गरी विद्युतीय उपकरण र मेसिनरीमा लगाइने ५० प्रतिशत कर ट्रम्प प्रशासनले कुनै पनि देशमाथि लगाएको सबैभन्दा उच्च करमध्ये एक हो ।  

राष्ट्रपतिले हालै अमेरिकाको उत्तरी क्षेत्रमा फैलिएको क्यानडाको जंगल डढेलोको धुवाँको जवाफमा कर लगाउने चेतावनी दिएका थिए । तर प्रशासनका अधिकारीहरूले पछिल्लो कर त्यस घटनासँग सम्बन्धित नभएको बताएका छन् । ह्वाइट हाउसका अनुसार यो कर ३० दिनपछि लागू हुनेछ र करिब २० अर्ब अमेरिकी डलर बराबरका क्यानडेली सामान यसअन्तर्गत पर्नेछन् ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सोमबारको वक्तव्यमा भने, ‘क्यानडा स्वतन्त्र र निष्पक्ष व्यापारको फाइदामा विश्वास गर्छ ।’ उनले भने, ‘जुनसुकै परिस्थितिमा पनि क्यानडाले आफ्नो शक्ति बढाउन र क्यानडेली कामदार, किसान, व्यवसायी तथा परिवारलाई सहयोग गर्न आवश्यक सबै कदम चाल्नेछ ।’

तर ओन्टारियोका प्रिमियर डग फोर्डले भने कडा प्रतिक्रिया दिँदै क्यानडाले पनि जवाफी कर लगाउनुपर्ने बताए । उनले सामाजिक सञ्जाल एक्समा लेखे, ‘यदि यी करहरू लागू भए भने क्यानडाले पनि करको बराबरी जवाफ दिनुपर्छ–डलर बराबर डलर ।’  ट्रम्पले सन् १९३० को ट्यारिफ एक्टको धारा ३३८ प्रयोग गर्दै कर लगाउने बताएका छन्। यो कानुनले अर्को देशले अमेरिकी सामानमाथि भेदभाव गरेको अवस्थामा राष्ट्रपतिलाई ५० प्रतिशतसम्म कर लगाउने अधिकार दिन्छ । तर यसरी यो कानुन प्रयोग गरिएको इतिहास भने छैन ।

कुन सामानमा लाग्ने छैन कर ?
नयाँ करबाट केही महत्वपूर्ण क्यानडेली आयातहरू छुट दिइएका छन् । जसमा : ऊर्जा उत्पादन, महत्वपूर्ण खनिज पदार्थ, माछा तथा अन्य केही वस्तु छन् । यस्तै यस बाहेक, कार र धातु जस्ता उद्योग विशेष कर लागेका सामानहरू पनि यसबाट अलग रहने छन् । तर यस पटक अघिल्ला क्यानडा कर जस्तो अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता अन्तर्गत पर्ने सामानलाई छुट दिइने छैन ।

भविष्यको व्यापारिक हतियार बन्न सक्ने सम्भावना
अनुसन्धान संस्था क्यापिटल इकोनोमिक्सका अनुसार नयाँ करले क्यानडाबाट आउने सामानको करिब ५ प्रतिशत मात्रै प्रभावित हुनेछ, जुन कुल अमेरिकी आयातको करिब ०.६ प्रतिशत हो । तर यदि ट्रम्पले प्रयोग गरेको धारा ३३८ अदालतबाट मान्यता पाएमा यो भविष्यका व्यापार वार्ताहरूमा प्रभावकारी हतियार बन्न सक्ने अर्थशास्त्रीहरूले बताएका छन् । क्यापिटल इकोनोमिक्सका उत्तर अमेरिका प्रमुख अर्थशास्त्री स्टेफन ब्राउनले भने, ‘ट्रम्प प्रशासनले कर लागू गर्न नयाँ तरिका अपनाएको देखिनु उल्लेखनीय छ ।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.