क्यानाडाबाट आयात हुने सामानमा ५० % भन्सार कर लगाउने ट्रम्पको घोषणा

क्यानाडाबाट आयात हुने सामानमा ५० % भन्सार कर लगाउने ट्रम्पको घोषणा
फाइल तस्बिर।
सुन्नुहोस्

न्यूयोर्क : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न उपभोक्ता तथा औद्योगिक सामानमा ५०% आयात कर लगाउने घोषणा गरेका छन्। उनले अमेरिकी कार, डेरी र मदिरामा भएको “असमान व्यवहार”लाई कारण देखाउँदै यस्तो कदम चालेका हुन्।

वाइन, हकी स्टिक र सिमेन्ट जस्ता सामानमा शुल्क लागू हुनेछ। तर ऊर्जा, पोटास, महत्वपूर्ण खनिज र माछा जस्ता प्रमुख निर्यात भने यसबाट बचाइएका छन्।

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले यस कदमलाई क्यानाडाको सार्वभौमिकतामाथि खतरा भएको भन्दै आगामी हप्ताहरूमा अमेरिकासँग व्यापार वार्ता तीव्र बनाउन तयार रहेको प्रतिक्रिया दिएका छन्।

नयाँ शुल्क ३० दिनपछि लागू हुनेछन्। यी शुल्कहरू क्यानाडा–अमेरिका–मेक्सिको व्यापार सम्झौताअन्तर्गत पर्ने सामानमा पनि लागू हुनेछन्। ट्रम्प प्रशासनले यसलाई १९३० को ट्यारिफ एक्टको धारा ३३८ अन्तर्गत व्यापार भेदभावको आधारमा ल्याएको हो।

ट्रम्पले क्यानाडाले अमेरिकी मोटर गाडी र पार्ट्समा अन्य देशलाई नलगाएको कर लगाएको आरोप लगाएका छन्। डेरीमा क्यानाडाको सप्लाई म्यानेजमेन्ट प्रणालीले आयातमा सीमा तोक्छ, सीमा नाघेपछि ३००% सम्म शुल्क लाग्छ। मदिरामा भने अधिकांश प्रान्तहरूले अमेरिकी उत्पादनमा बहिष्कार गरेका छन्।

यसअघि नै अमेरिकी पक्षले क्यानाडाको स्टील, एल्युमिनियम र कपरमा १५%–५०% शुल्क लगाएको छ। सॉफ्टवुड लम्बरमा ३५% शुल्क छ भने अमेरिकी नभएका पार्ट्स प्रयोग भएका कारमा २५% कर लागू गरिएको छ। क्यानाडाले पनि अमेरिकी स्टील, एल्युमिनियम र गाडीमा २५% प्रतिशुल्क लगाएको छ।

यसअघि ट्रम्पले क्यानाडाबाट आएको वनडढेलोको धुवाँले अमेरिकी शहरलाई “विषाक्त” बनाएको भन्दै शुल्क लगाउने चेतावनी दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.