पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना

पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना

काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गृहमन्त्रालयले गरेको छ । 

पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको पाथीभर मन्दिर नजिकै दुर्घटनामा परेको जानकारी गृहसचिव प्रेमकुमार राईले दिएका छन् । स‌ंसद्‍को राज्य व्यवस्था समितिमा उपस्थित भएका उनले हेलिकप्टर दुर्घटना भएको जानकारी गराएका हुन् । 

दुर्घटनाा परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङसहित ६ जना सवार रहेका बताइएको  छ। 

मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित विमानस्थल अवलकोनका लागि त्यतर्फ गएको बताइएको छ । दुर्घटनामा परेको स्थानमा धुवाँको मुस्लो आइरहेको जानकारी हाम्रा ताप्लेजुङ संवाददाता सीताराम गुरागाइँलाई स्थानीयबासीले दिएका छन् । 

जिल्लास्थित सुरक्षा अधिकारीले पनि हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गरेका छन् । तर घटनास्थल ठुलो भिरमा रहेकाले उद्दारका लागि नेपाली सेना र प्रहरीसहितको टोली फुङलिङबाट त्यसतर्फ गइसकेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.