१२ वर्षपछि काठमाडौँमा हिउँ पर्याे (फोटो फिचर)
काठमाडौँ : मध्य फागुन भइसकेको अवस्थामा काठमाडौँ उपत्यका भित्रै १२ वर्षपछि हिउँ परेको छ । काठमाडौँ उपत्यका भित्रैको बस्तीमा १२ वर्षपछि हिउँ परेको हो । राजधानी उपत्यकाका साँखु, गोदावरी, भक्तपुरको दुवाकोट, चाँगुनारायणका बस्तीसम्म हिउँ खसेको हो ।
यसअघि काठमाडौँ उपत्यका भित्रै २०६३ फागुन २ गते (फेब्रुअरी १४, २००७) मा हिउँ परेको थियो । त्यतिबेला काठमाडौँका त्रिपुरेश्वर, न्यूरोडसहतिका मूख्य भागमै हिउँ परेको थियो । त्यसअघि वि.सं. २००१ साल पुसमा काठमाडौँ उपत्यका भित्रै हिमपात भएको रेकर्ड छ।
जाडो जान लागेको समयमा बर्षात्सँगै हिउँ परेपछि काठमाडौँ उपत्यकाको मौसम पनि चिसिएको छ । हिउँले उपत्यकाका चन्द्रागिरि, नागर्जुन, शिवपुरी क्षेत्रका डाँडाकाँडा सेतम्मे भएका छन् । बुधबारदेखि देशैभर बर्षात् र हिमपात भएको थियो ।
पूर्वको ताप्लेजुङदेखि पश्चिमको बाजुरा र डडेल्धुरासम्ममा पनि बाक्लो हिमपात भएको छ । मौसम विभागका अनुसार हिजोदेखि देशभर मौसम बदली भएर पानी परिरहेको छ । पश्चिमी वायूको प्रभावका कारण देशको मध्य, पश्चिम र पूर्वी भागमा हिमपात र वर्षा भएको मौसमविद सुजन सुवेदीले बताएका छन् ।
तस्बिरहरू : सुरेन्द्र काफ्ले/अन्नपूर्ण पोस्ट्
तस्बिरहरू सौजन्य :मोनिका मल्ल/बीएम आचार्य