राजधानीमा चिनियाँ चलचित्र महोत्सव

राजधानीमा चिनियाँ चलचित्र महोत्सव

काठमाडौं : चिनियाँ चलचित्र महोत्सवको १२औं संस्करण संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र चिनियाँ राजदूत होउ याङ्छीले संयुक्त रूपमा मंगलबार उद्घाटन गरेका थिए।

उद्घाटनलगत्तै समग्र चीन बुझाउने डकुमेन्ट्री प्रदर्शन गरिएको थियो। उक्त डकुमेन्ट्री मन्त्री अधिकारीले पनि उत्सुकतापूर्वक हेरेका थिए। त्यसपछि प्रदर्शन गरिएको चिनियाँ फिल्म ‘वाकिङ टु स्कुल’ भने उनले हेरेनन्।

उद्घाटन मन्तव्यका क्रममा उनले नेपाल–चीन सम्बन्ध ऐतिहासिक रहेको बताउँदै महोत्सवको माध्यमबाट चिनियाँ संस्कृति, विकास, प्रविधि, प्रवृत्ति र कथा थाहा हुने बताए। दुई देशबीच आगामी दिनमा पनि यसरी नै फिल्म आदानप्रदान हुन सके सांस्कृतिक सम्बन्ध विकास र विस्तार बलियो हँुदै जाने विश्वास व्यक्त गरेका थिए।

मन्त्री अधिकारीको मन्तव्य चिनियाँ भाषामा समेत अनुवाद गरिएको थियो। अनुवादकको सजिलोका लागि उनले सरल र मीठा वाक्यमा आफ्ना धारणा राखेका थिए। कार्यक्रममा चिनियाँ फिल्म ‘वाकिङ टु स्कुल’ देखाइएको थियो। उक्त फिल्मले सात वर्षीय स्कुले केटो र उसकी दिदीको सत्य कथा बताउँछ। दिनहुँ नुजियाङ नदी पार गरेर स्कुल जानुपर्ने उनीहरूको कठोर कथा हिजोआज इतिहास बनिसकेको छ।

राजदूत होउले महोत्सव समग्र चीन बुझ्न सहयोगी हुने विश्वास व्यक्त गरिन्। उनले मेहनत र लगनशीलताले नै चीन विश्व अर्थतन्त्रमा दोस्रो हिस्सा राख्न सफल भएको र गरिबी निवारण गर्न सफल भएको बताइन्। चीनमा सहर र गाउँबीच अझै पनि असन्तुलित विकास रहेको बताउँदै नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्ध मानवीय मूल्यमान्यता आदानप्रदानले अझ बलियो हुने बताइन्।

वल्र्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकारले महोत्सवका माध्यमबाट सांस्कृतिक सम्बन्ध अझ बलियो हुने बताए। महोत्सवमा हरेक दिन ३ बजे सुरु हुने छ। बुधबार ‘दी ग्रान्ड मास्टर’, बिहीबार ‘चाइनिज जोडाइक’, शुक्रबार ‘अन्डर दी हाउथ्रोन ट्री’ र शनिबार ‘पार्टनर’ फिल्म देखाइने छ।

। चिनियाँ दूतावासको सहयोग र वल्र्ड कल्चरल नेटको प्रस्तुति रहने उक्त महोत्सव कमलपोखरीस्थित कुमारी हलमा पाँच दिनसम्म चल्ने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.