सुतेकै ठाउँमा महिला मृत्यु फेला
फिदिम : इलामको देउमाइ नगरपालिका-१ राँकेको केसी होटमा काम गर्ने एक महिलाको सुतेकै ठाउँमा मृत्यु भएको छ। झापाको अर्जुधारा घर भई केसी होटमा काम गर्दै आएकी ३५ वर्षीया लक्ष्मी तामाङलाई बिहीबार बिहान सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको हो।
बिहान अबेरसम्म पनि तामाङ नउठेपछि होटल सञ्चालक सागर केसी आफ्नी श्रीमति बोलाउ जाँदा उनलाई मृत अवस्थामा भेटेका थिए। बुधबार बेलुका मादक पदार्थ सेवन गरेर सुतेकी तामाङलाई बिहीबार बिहान ओछ्यानमै मृत अवस्थामा भेटिएको राँके प्रहरी चौकीका इञ्चाज बद्री बिक्रम दाहालले जानकारी दिए।
तामाङको शव पोष्टमार्टका लागि इलाम अस्पताल लगिएको छ। मृत तामाङ र उनका श्रीमान जीपबहादुर तामाङ विगत १० वर्षदेखि सोही होटलमा काम गर्दै आएका थिए। श्रीमान जीपबहादुर झापा घरको बेला श्रीमति लक्ष्मी सुतेकै ठाउँमा मृत भेटिएकी हुन्।