६ वर्षपछि हत्यारा पक्राउ

६ वर्षपछि हत्यारा पक्राउ

परासी : हत्या भएको ६ वर्षपछि पश्चिम जिल्ला प्रहरी कार्यालय नवलपरासीले एक अभियुक्तलाई पक्राउ गरेको छ।एक भारतीय नागरिकको हत्या गरेको आरोपमा पश्चिम नवलपरासी सुस्ता गाउँपालिका-२ का रामबहादुर पामे थारु पक्राउ परेका हुन्।

घटनामा संलग्न भएको आशंकमा एकजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ। अर्का एकजना फरार छन्। थारुले भारतको बेरेली जिल्ला सिपीगञ्ज थाना गाजियाबाद ग्रामका इकराम खानलाई २०६९ बैशाख १८ गते हत्या गरेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए। 

उनलाई बर्दघाट नगरपालिकामा ट्रक चलाएर जाँदै गरेको अवस्थामा प्रहरीले मंगलबार पक्राउ गरेको हो।  भारतको बेरेली जिल्ला सिपीगञ्ज थाना गाजियाबाद ग्रामका व्यापारी मोहम्मद खानले  थारुलाई ट्रकमा चामल लोड गरी नेपाल पठाएका थिए।

ट्रक चालक थारुसँगै व्यापारी खानले आफ्ना साला नाता पर्ने मृतक इकराम खानलाई चामलको जिम्मा दिएर पठाएका थिए । बसैया नाकाहुँदै चामल ल्याइएको ट्रकलाई थारुले पश्चिम नवलपरासीको गुठिप्रसौनीमा रोकेर खानको हत्या गरेको प्रहरीले जनाएको छ।

करिब १० लाख बराबरको चामलको लालचमा परेर खानको हत्या गरेको थारुले प्रहरीसमक्ष बयान दिएका छन्। ट्रकमा २ सय क्विन्टल चामल लोड थियो। हत्यापछि सबै चामल आफ्नै हुने सोच बनाएर खानको हत्या गरेको प्रहरीले जनाएको छ।हत्यापछि थारुले परासीबजारको महेशपुर चोकस्थित एक कोल्ड स्टोरका व्यवसायीको गोदाममा चामल राखेका थिए।

थारु र खानसँगै ट्रकमा तीनजना थिए। हत्यापछि ट्रकका सहचालक पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका-९ का गोविन्द कमकर फरार छन्। हत्यामा कमकरको पनि संलग्नता हुन सक्ने प्रहरीको आशंका छ। हत्यापछि थारुले शव प्रतापपुर गाउँपालिकाको खैरनीस्थित विर्ता पुल तल फालेका थिए।थारुको बयानलाई उदृतगर्दै प्रहरीले दिएको जानकारी अनुसार हत्यापछि थारुले काम फत्ते भएको र बाँकी चामलको व्यवस्थापन गर्न परासी बजारस्थित महेशपुरमा कोल्ड स्टोर सञ्चालन गरेर बस्ने मनोज बिहारीलाई फोन सम्पर्क गरेका थिए।

बिहारीले उक्त चामल आफ्नो गोदामा ल्याएर राख्न भनेका थिए। सोही बमोजिम बिहारीले चामल गोदाममा राखेकाका थिए।   गोदाममा चामल अनलोड गरेपछि थारुले ट्रकलाई विरगञ्जको मितेरी पुल नजिक बेवारिसे अवस्थामा छाडेर फरार भएका थिए।

भारतको गोरखपुर जिल्ला सहपुर थाना वसारतपुर ग्राम घर भएका बिहारी केही वर्षदेखि परासीमा कोल्ड स्टोर सञ्चालन गरेर बसेका छन्। बिहारीले स्थानीय व्यापारीलाई चामल बिक्री गरेको बताइएको छ। पक्राउ परेका बिहारीसँग घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.