१५ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा युवक पक्राउ
भोजपुर : बालिका जबरजस्ती गर्न खोजेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले १५ वर्षीया बालिकालाई करणी गर्न खोजेको आरोपमा भोजपुर नगरपालिका- २ हेलौँछाका २२ वर्षीय सुजन राईलाई पक्राउ गरेको हो ।
घरमै योगा गरिरहेको अवस्थामा राईले बालिकालाई करणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। आरोपित राईलाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंशीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
४