मालपोतका सुब्बा ढकबहादुरविरुद्ध भ्रष्टाचार मुद्दा
काठामाडौं : महोत्तरीको जलेश्वर स्थित मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा ढकबहादुर कार्कीविरुद्ध भ्रष्टाचा मुद्दा दायर भएको छ । जग्गा नामसारी गर्न सर्जमिन मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस लिएको आरोपमा कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालता मुद्दा दायर गरेको हो ।
सेवाग्राहीसँग १० हजार घुस लिदाँ लिँदै उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।