सातदोबाटो–नारायणगोपाल चोक मेट्रो रेल : डीपीआर तयार गर्न १९ परामर्शदाताको प्रस्ताव

सातदोबाटो–नारायणगोपाल चोक मेट्रो रेल : डीपीआर तयार गर्न १९ परामर्शदाताको प्रस्ताव

काठमाडौं : सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने विद्युतीय मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न १९ परामर्शदाताले इच्छा जाहेर गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रेल विभागले डीपीआर तयार गर्न माग गरेको आशय पत्रमा १९ परामर्शदाताले इच्छा देखाएका हुन्।

विभागका इन्जिनियर किरण कार्कीका अनुसार, आशय पत्र पेश गर्ने सबै परामर्शदाता विदेशी भएको बताए। चीन, जापानलगायत यूरोपियन मुलुकका परामर्शदाताबाट प्रस्ताव परेको उनले जानकारी दिए। विदेशी परामर्शदातासँग केही नेपालीले पनि ज्वाइन्ट भेन्चरमा प्रस्ताव पेश गरेका छन्। सातदोबाटो–नारायणगोपाल चोकसम्म १२ किलोमिटर लामो मेट्रो रेलको डीपीआर तयार गर्ने परामर्शदाता खोज्न माघ १२ गते विश्वव्यापी बोलपत्र आह्वान गरिएको थियो। डीपीआर तयार गर्न इच्छुक परामर्शदातालालई फागुन १३ गतेभित्र प्रस्ताव पेश गर्ने समय दिइएको थियो। बोलपत्रमा प्राविधिक त्रुटि भेटिएकाले विभागले १६ गतेलाई अन्तिम दिन तोकेको थियो।

‘परामर्शदाताको मूल्यांकन गर्नुपर्ने हुन्छ। विभागले बोलपत्रमा समावेश गरेको मापदण्ड पु¥याउने परामर्शदातालाई प्रारम्भिक चरणमा सूचीकृत गरिन्छ’, कार्कीले भने, ‘सूचीकृत भएका परामर्शदातामध्ये प्राविधिक रूपमा सवल देखिएकाको आर्थिक प्रस्ताव खोलिने छ। न्युन आर्थिक प्रस्ताव पेश गर्ने परामर्शदाताले डीपीआरको जिम्मा पाउनेछ।’

यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार भइसकेको विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए। त्यही प्रतिवेदनका आधारमा डीपीआर तयार गर्नुपर्ने हुन्छ। परामर्शदाताको योग्यता, अनुभव र क्षमता (प्राविधिक पक्ष) को आधारमा डीपीआर तयार गराइने चित्रकारको भनाइ छ।

विभागले आह्वान गरेअनुसार आशय पत्र पेस गर्ने परामर्शदामध्ये पहिलो चरणमा प्राविधिक रूपमा प्रारम्भिक सूची छनोट गरिनेछ। प्रारम्भिक सूचीमा पर्न प्राविधिक मूल्यांकनमा न्यूनतम ७० अंक ल्याउनुपर्छ। विभागले योग्यता ४२, अनुभव ४८ र क्षमता १० अंक हुने बताएको छ। सूचीकृत भएका कम्पनीको आर्थिक र प्राविधिक प्रस्तावका आधारमा उत्कृष्ट कम्पनी छनोट गरिनेछ। सोही कम्पनीले डीपीआर तयार पार्नेछ। सूचीकृत भएका कम्पनीले विस्तृत सर्वेक्षण, ढाँचा र डीपीआर निर्माण गर्नुपर्नेछ। विभागले चैतभित्र डीपीआर निर्माण गर्ने कम्पनी छनोट गर्ने लक्ष्य राखेको छ। कर्मचारी तथा उपकरण परिचालन गर्न तीन महिनाको समय हुनेछ। निर्माण कार्य सुरु गरिएको १२ महिनाभित्र डीपीआर पूरा गर्नुपर्ने हुन्छ। साथै, परामर्शदाताले साढे दुई महिनामा विभागलाई मेट्रो रेलको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनको मस्यौदा बुझाउनु पर्नेछ।

योसहित काठमाडौं उपत्यकामा तीनवटा निकाय रेलको डीपीआर निर्माणको प्रक्रियामा छन्। काठमाडौं महानगरपालिकाले ललितपुर महानगरपालिकासँगको सहकार्यमा चक्रपथको साढे २७ किलोमिटरमा मोनोरेल सञ्चालन गर्ने योजना बनाएको छ। मोनो रेलको डीपीआर तयार गर्न चाइना रेलवे २५औं ब्यूरो ग्रुपसँग सम्झौता गरिसकेको छ। सम्झौताअनुसार ग्रुपले १२ महिनामा डीपीआर तयार गर्नुपर्नेछ। यो सम्झौता २०७५ पुसमा भएको थियो। यस्तै, लगानी बोर्ड काभ्रेको धुलिखेलदेखि काठमाडौंको नागढुंगासम्म मेट्रो रेल निर्माण गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।

नागढुंगा–धुलिखेल ४५ किलोमिटर लामो मेट्रो रेलको डीपीआर बनाउन बोर्डले गत जेठ ३ गते प्रस्ताव माग गरेको थियो। डीपीआर तयार गर्न प्रारम्भिक रूपमा सूचीकृत भएका चार कम्पनीको मूल्यांकन बोर्डबाट भइरहेको छ। ती कम्पनीमध्ये प्राविधिक तथा आर्थिक रूपमा सबल कम्पनीले डीपीआरको तयार गर्ने जिम्मेवारी पाउनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.