राहुल गान्धीसँग डेट जाने करिना कपुरको चाहना !
नयाँदिल्ली : बलिउडमा पछिल्लो समय खासै सक्रिय नदेखिएकी अभिनेत्री करिना कपुरको पछिल्लो अभिव्यक्तिले उनलाई फेरि चर्चाको पात्र बनाइदिएको छ ।
सिमी गेरवालसँगको एक टेलिभिजन ‘शो’ मा उनले जे भनिन्, त्यो कुराले करिना मात्रै नभएर भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई समेत तानेको छ । पछिल्लो साता सिमीसँग करिना एक अन्तर्वार्तामा थिइन् । त्यस क्रममा उनलाई ‘कोसँग डट जान चाहनुहुन्थ्यो ?’ भनेर सोधिन् ।
‘भन्नैपर्छ र ? भन्नैपर्छ जस्तो त लाग्दैन । यो विवादास्पद हुने भए पनि यसमा मतलव छैन,’ केही आनाकानी गर्दै करिनाले भनिन्, ‘राहुल गान्धी । उनलाई म नजिकबाट बुझ्न चाहछु ।’
गान्धीको पारिवारिक पृष्ठभुमि राजनीतिक भएको र आफ्नो पारिवारिक पृष्ठभुमि चलचित्र भएकाले आफूहरुबीच रोचक कुरा हुनसक्ने भन्दै उनले जोड दिएकी थिइन् ।पछिल्लो समय सुस्ताएकी अभिनेत्री करिना नयाँ फिल्मको तयारीमा छिन् । त्यही चलचित्र चलाउने ‘फण्डा’ गरेको पनि केही टिप्पणी उनीमाथि आएका छन् ।