म्यानचेस्टर सिटी पहिलो स्थानमा, पछि पर्‍यो लिभरपुल

म्यानचेस्टर सिटी पहिलो स्थानमा, पछि पर्‍यो लिभरपुल

लन्डन : इङ्लिस प्रिमियर लिग उपाधिका लागि दुई महारथी म्यानचेस्टर सिटी र लिभरपुलबीचको होडबाजी कायमै छ। गत बिहीबारमात्र वाट्फोर्डलाई ५-० गोलले हराउँदै तालिकाको पहिलो स्थानमा उक्लिएको लिभरपुल शनिबार रातिको नतिजापछि पुनः दोस्रो स्थानमा झरेको छ। 

म्यानचेस्टर सिटी शनिबार राति भएको खेलमा बर्नमाउथलाई उसैको मैदानमा १-० गोलले हराउँदै तालिकाको पहिलो स्थानमा उक्लिएको हो। यद्दपि, लिभरपुलले म्यानचेस्टर सिटीभन्दा एक खेल कम खेलेको छ। बर्नमाउथविरुद्घको खेलमा म्यानचेस्टर सिटीका लागि रियाद माहरेजले ५५औं मिनेटमा निर्णायक गोल गरे।

हालसम्म २९ खेल खेलेको म्यानचेस्टर सिटीले ७१ अंक बटुलेको छ। दोस्रो स्थानमा आसिन लिभरपुलले भने २८ खेलबाट ६९ अंक जोडेको छ। तेस्रो स्थानमा आसिन टोट्टनहामको २९ खेलबाट ६१ अंक छ। टोट्टनहाम भने आफ्नो पछिल्लो खेलमा घरेलु मैदानमै आर्सनलसँग १-१ गोलको बराबरीमा रोकियो।

खेलको १६औं मिनेटमा आर्सनलका लागि एरोन रामसीले पहिलो गोल गरेका थिए। ७४औं मिनेटमा टोट्टनहामका लागि ह्यारी केनले पेनाल्टीमार्फत जवाफी गोल फर्काएका थिए। तालिकाको चौथो स्थानमा आसिन म्यानचेस्टर युनाइटेडको २९ खेलबाट ५८ अंक छ। 

म्यानचेस्टर युनाइटेडले आफ्नो पछिल्लो खेलमा घरेलु मैदानको फाइदा उठाउँदै साउथ ह्याम्पटनमाथि ३-२ गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्‍यो। म्यानचेस्टर युनाइटेडका लागि रोमुलु लुकाकुले दुई र आन्द्रेस पेरेइराले एक गोलको योगदान गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.