अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु

अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु

दाङ : समयमै उपचार नपाउँदा सुत्केरी महिलाको ज्यान गएको छ। राजपुर गाउँपालिका-७ लैबरुवा निवासी १८ वर्षीया शिवा केसीको उपचार अभावमा निधन भएको हो। शनिबार बिहान घरमै सुत्केरी भएकी केसीको अत्याधिक रक्तश्रावका कारण उपचारमा ढिलाई हुँदा निधन भएको आफन्त झुपलाल केसीले जानकारी दिए। पहिलो पटक बच्चालाई जन्मदिएकी केसीलाई उपचारका लागि घोराहीतर्फ ल्याउँदै गर्दा बाटोमै निधन भएको हो।

उनलाई अत्याधिक रक्तश्राव भएपछि नजिककै गंगदी हेल्थपोष्टमा लागिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि घोराहीतर्फ ल्याउँदै गर्दा बाटोमै निधन भएको मृतक केसीका श्रीमान कमान खत्रीले बताए।

घरमै सुत्केरी गराएको, उमेर सानै भएको र स्वास्थ्य संस्थामा ल्याउन ढिलाई भएका कारण निधन भएको राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकायाले बताए। 

बच्चाको स्वास्थ्य अवस्था राम्रै रहेको उनको भनाई छ।केहिदिन अघिमात्रै भौवा नाकामा समयमै उपचार हुन नसक्दा एक सुत्केरीको ज्यान गएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.