बढ्दो आङ खस्ने समस्या

बढ्दो आङ खस्ने समस्या

मुगु : मुगुका ग्रामीण क्षेत्रका महिला पाठेघर (आङ) खस्ने समस्याले पीडित बनेका छन्। सानै उमेरमा विवाह, धेरै सन्तान जन्माउनु र कामको बोझका कारण ग्रामीण क्षेत्रका अधिकांश महिलामा पाठेघर खस्ने समस्या देखिएको छ।

सोरु गाउँपालिकाका अधिकांश महिलामा पाठेघर खस्ने समस्या पाइएको हो। सोरु गाउँपालिका–७ सिप गाउँमा हालै सम्पन्न स्वास्थ्य शिविरमा उपचार गराउन एक हजार पाँच सय ४९ जना महिला पुगेका थिए। उपचार गराउन आएकामध्ये सात सय ३० जना महिलामा पाठेघर खस्ने समस्या देखिएको हो।

ग्रामीण महिलामा पाठेघर खस्ने समस्या जटिल देखिएको उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ डाक्टर सुनिता भण्डारीले जानकारी दिइन्। पाठेघर खस्ने समस्या भए पनि कतिपय ग्रामीण महिलाहरु खुलेर बोल्न नसक्ने र रोग लुकाएर बस्ने गरेको पाइएकोले यहाँका महिलाहरुको समस्या झन् जटिल बन्दै गएको छ। सात सय तीस जनामध्ये ३३ जना महिलाको पाठेघरमा रिङ प्रेसरी राखिएको र गम्भीर समस्या भएका तीन जनालाई सुविधा सम्पन्न अस्पतालमा जान रेफर गरिएको स्वास्थ्य शिविरका आयोजक हेरेण्डेकका कार्यक्रम प्रमुख नमराज रावतले बताए।

उनकाअनुसार रेफर गरिएका बिरामी र तिनका एक÷एक जना कुरुवाको आउने जाने र उपचार खर्चसमेत आयोजक संस्थाले व्यहोर्ने भएको छ। सोरु गाउँपालिकामा पाठेघर खस्ने समस्या धेरै भए पनि समाजमा अपमानित हुने डरले महिलाहरु रोग लुकाउन बाध्य छन्। यस्तो समस्याबाट पीडितहरुका लागि विशेष कार्यक्रम ल्याइने सोरु गाउँपालिकाकी उपाध्यक्ष राज्यलक्ष्मी मल्ल बमले बताइन। सानै उमेर विवाह गर्ने, छिटो धेरै बच्चा जन्माउने, गर्भवती भएको तथा सुत्केरी भएको बेलामा समेत अत्याधिक बोझिलो काम गर्ने भएकाले महिलामा पाठेघर खस्ने समस्या बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.