मन्त्री अधिकारीको निधनमा प्रदेशसभामा शोक प्रस्ताव
विराटनगर : प्रदेश नम्बर १ को बैठकले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित सात जनाप्रति शोक प्रस्ताव पारित गरेको छ ।
आइतबारको प्रदेशसभा बैठकले शोक प्रस्ताव पारित गरेको हो । गत बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी, नागरिक उड्डयन प्राधिकरणका वीरेन्द्रप्रसाद श्रेष्ठ, धुव्रदास भोछिभया र मन्त्री अधिकारीका सुरक्षागार्ड अर्जुनकुमार घिमिरेको मृत्यु भएको थियो ।
संसदको अर्को बैठक आगामी फागुन २६ गते दिउसो १ बजे बस्ने छ ।