एनजिओमा जागिर लगाइदिने भन्दै बलात्कारको प्रयास गर्ने पक्राउ

एनजिओमा जागिर लगाइदिने भन्दै बलात्कारको प्रयास गर्ने पक्राउ

विराटनगर : गैरसरकारी संस्था (एनजीओ) मा जागिर लगाइदिने प्रलोभन देखाएर विराटनगरमा एक युवतीमाथि बलात्कारको प्रयास गरिएको घटना सार्वजनिक भएको छ ।

फेसबुक मार्फत चिनजान गरेर सप्तरी घर भएका सन्तोषकुमार यादवले युवतीमाथि बलात्कारको प्रयास गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

उनका अनुसार फेसबुकबाट चिनजान भएको आधारमा जागिर लगाइदिने प्रलोभन देखाउँदै यादवले विराटनगर महानगरपालिका–५ उखुबारीमा लगेर युवतीलाई बलात्कारको प्रयास गरेका हुन् ।

बलात्कार प्रयास सफल नभएपछि यादवले युवतीसँग रहेको मोबाइल र पैसा समेत लुटेको डीएसपी श्रेष्ठले बताए । उनले लुटिएको मोबाइल र पैसा बरामद गरिसकिएको जानकारी दिए ।

युवतीमाथि बलात्कार प्रयास गर्नेलाई भने पक्राउ गरिएको जानकारी डीएसपी श्रेष्ठले दिए । पक्राउ परेका यादव विरुद्ध जवरजस्ती करण उद्योगको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.