युभेन्ट्स अझै अपराजित, गोलकिपरलाई रातो कार्ड

युभेन्ट्स अझै अपराजित, गोलकिपरलाई रातो कार्ड

रोम : इटालियन ‘लिग लिडर’ युभेन्ट्सले आफ्नो अपराजित यात्रालाई २६ खेल पुर्‍याएको छ । इटालियन सिरिएको सोमबार विहान खेलिएको खेलमा युभेन्ट्सले आफ्नो निकट्तम प्रतिद्वन्द्वी नापोलीलाई उसैको मैदानमा २-१ गोलले हरायो।

उक्त जितसँगै युभेन्ट्सले तालिकाको दोस्रो स्थानमा आसिन नापोलीसँग १६ अंकको स्पष्ट अग्रता हासिल गरेको छ । खेलका क्रममा दुबै टोली १०÷१० खेलाडीमा समेटिएका थिए । खेल सुरु भएको २५औं मिनेटमै नापोलीका गोलरक्षक एलेक्स मेरटले सिधै रातो कार्ड पाएका थिए।

त्यसैको फाइदा उठाउँदै २८औं मिनेटमा युभेन्ट्सका लागि मिरालेम पिजानिकले पहिलो गोल गरेका थिए । ३९औं मिनेटमा एमर कानले अर्को गोल थपेपछि पहिलो हाफमै युभेन्ट्स २-० ले अगाडि बढेको थियो । दोस्रो हाफको खेल सुरु हुनासाथ युभेन्ट्स पनि १० खेलाडीमा समेटिन पुग्यो।

निर्धारित समयको ४७औं मिनेटमा युभेन्ट्सका गोलकर्ता पिजानिक दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि २८औं मिनेटमा उनले पहिलो कार्ड पाएका थिए। त्यसपछि खेलको ६१औं मिनेटमा नापोलीका लागि होजे कालेजनले जवाफी गोल फर्काएका थिए।

खेलको अन्त्यतिर नापोलीका लोरेन्जो इनसाइनले पेनाल्टी प्रहारको अवसर खेर फालेका थिए । सिरिएमा २६औं चरणको खेलको समाप्तिपछि साविक विजेता युभेन्ट्स ७२ अंकसहित पहिलो र नापोली ५६ अंकसहित दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा आसिन एसी मिलानको ४८ र चौथो स्थानमा आसिन इन्टर मिलानको ४७ अंक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.