फूलले ढकमक्क हेटौंडा

फूलले ढकमक्क हेटौंडा

हेटौंडा : हेटौंडाको कान्ति राजपथको सडकबीचका डिभाइडरमा विभिन्न जातका फूल झुलिरहेको देख्न सकिन्छ । व्यस्त बजार होस् वा भित्री सडक जताततै हरियाली देखिने सडक अब रंगिन पनि देखिन थालेका छन् ।

हेटौंडा उपमहानगरपालिकाले फूलै फूलको सहर बनाउने अवधारणा ल्याएको थियो । सडकछेउ र बीचमा रोपिएका फूलका बिरुवा फुल्न थालेछि हरित हेटौंडा थप आकर्षक देखिन थालेको छ । विगतमा खाल्डाखुल्डी र फोहोर छलेर हिँड्ने स्थानीयले केही बेर रोकिएर फूलसँग फोटो खिच्न थालेका छन् ।

जनप्रतिनिधि निर्वाचित भएर आएपछि फूल रोपेर सडकलाई आकर्षक बनाउने काम थालिएको हो । दुई वर्षमा साबिक हेटौंडाका ११ वडाका सडकमा ४ हजार २ सय ५६ फलफूलका बिरुवा रोपिएको उपमहानगरपालिकाको तथ्यांक छ । मौसमी फूलका बिरुवा १ हजार ६ सय ५६ बोट, जुनसुकै समस्यमा फुल्ने २ हजार २५ बोट, अन्य विभिन्न प्रजातिका ५ सय ७५ बिरुवा रोपिएको उपमहानगरपालिकाले जनाएको छ ।

सहरलाई व्यवस्थित र आकर्षक बनाउन सडक दायाँ–बायाँ फलफूलका बिरुवा रोप्ने अभियान चलाइएको मेयर हरिबहादुर महतले बताए । ‘विभिन्न देशमा फराकिलो सडकसँगै दायाँ–बायाँ फूलै फूलको सुन्दरता देखें’, उनले भने, ‘हामी निर्वाचित भएर आएलगत्तै हेटौंडालाई थप सुन्दर बनाउन फूल र फलफूलको बिरुवा रोप्न सुरु गरेका हौं ।’

मुलुकमै पहिलो पटक सडक दायाँ–बायाँ अशोकका बिरुवा रोपिएको थियो । । त्यसपछि रंगुन १ सय ५०, असारे १६, मुसुन्डा १ सय २९, करबिर ९९, कल्ली १ सय १८, बेगमबेली १ सय २५, अशोक २०, समी २१, अलमन्ड ५०, भुइँफूल १ हजार ५० बोट रोपिएको छ । रोजमेरी २ सय, घण्टेफूल ५०, गुलमोहर १ सय ५, क्युफिया सय, रातोपाते ५०, नीलकाँडा ३ सय, आँप ५ सय, अमला २५, म्यांगो स्टिक ५० बोट रोपिएको मेयर महतले बताए । डालिया २ सय ३०, अशर्फी ५०, सयपत्री ३ सय ७६, गमला सेट फूलसहित १० सेट, नीलजाई २ सय २५ बोट, कामिनी सय बोट रोपिएको छ ।

बुद्ध चोकबाट पूर्वी कान्ति राजपथ, नगरपालिका रोडको दक्षिणतर्फको कार्यालय अगाडिबाट मकवानपुर क्याम्पससम्मको सडक फूलले ढकमक्क छ । पारिजात पथको तायलब्रदर चोकबाट कभर्डहलसम्म दुवैतर्फ पेटी, पीपलबोटबाट संगम चोकसम्मका दुवैतर्फ, भैरव रोड–कान्ति राजपथ चोकबाट जोशी नर्सरी जाने चोकसम्म, देवीहल रोडको पेटी, माछा प्लानको क्षेत्रमा मानव सेवा आ श्रम क्षेत्रमा मानस चोकबाट मकवानपुर क्याम्पससम्म, सानो पोखरा कल्भर्डबाट पिप्ले चोकसम्म, स्कुल रोड चोकबाट भैरव चोकसम्म २७ प्रजातिका बिरुवा रोपिएको उपमहानगरपालिकाले जनाएको छ । ‘कार्यालयले मात्र गरेर हुँदैन, स्थानीयले पनि घर–पसल अगाडि रोपिएका बिरुवा संरक्षण गरेका छन्’, मेयर महतले भने, ‘सडक दायाँ–बायाँ १९ वटै वडामा फलफूल बिरुवा लगाउने योजना छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.