एनआरएनए अमेरिकाको अध्यक्षमा आधा दर्जन आकांक्षी

एनआरएनए अमेरिकाको अध्यक्षमा आधा दर्जन आकांक्षी

अमेरिका : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको चुनावी चलहपहल सुरु भएको छ। सदस्य बन्ने म्याद सकिएको २४ घण्टा नबित्दै उम्मेदवारी घोषणा गरेका नेताले त्यसलाई निरन्तरता दिइरहेका छन्। 

विशेष गरी फेसबुकका भित्ताहरु उम्मेदवारी घोषणा गर्नमै खर्च गरेको देखिन्छ। गुट बनाएर चुनावमा होमिनेहरुले प्यानल बनाउँदै छन्। एकल उम्मेदवारी घोषणा गर्नेले त्यसलाई निरन्तरता दिइरहेका छन्।  
  

एनआरएनए अमेरिकाको आगामी निर्वाचनका लागि अध्यक्षका प्रत्यासी मात्रै हालसम्म आधा दर्जन बढी छन्। यस्तै महासचिव र अन्य पदाधिकारीका आकांक्षीसमेत त्यस्तै संख्यामा देखिन्छन्। 

अध्यक्षका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष शुनिल शाह, महासचिव बिआर लामा, बोर्ड सदस्य डा‍. अर्जुन बन्जाडे, सञ्जय थापा, प्रवक्ता बिनोद तिवारी, पूर्व बोर्ड सदस्य सूर्य लम्सालको नाम बढी चर्चामा छ।  

एनआरएन नेपाल सरकारबाट समेत मान्यता प्राप्त, प्रवासमा रहेका नेपालीहरुको एक मात्रै साझा संस्था भएकाले पनि यसको चुनावमा विशेष चासो राख्ने गरेको देखिन्छ। 

एनआरएनए अमेरिकाको अध्यक्षका लागि आधा दर्जन भन्दा बढी नेताहरुको उम्मेदवारी घोषणा भए पनि यसमा नेपालको राजनीतिले समेत सक्रिय भूमिका खेल्दछ। यस्तै नेपाली कांग्रेस निकट जनसम्पर्क समिति अमेरिका र नेकपा निकट प्रवासी  मञ्चको समेत भूमिका रहन्छ। 

अघिल्लो वर्ष १५ हजार सदस्य रहेको अमेरिकामा यसवर्ष १० हजारको हाराहारीमा सदस्यताको अन्तिम निर्कोल भएको छ। अघिल्लो महिनाको फेब्रुअरी १५ सम्म सदस्य बन्ने अन्तिम म्याद तोकिए अनुसार प्राप्त भएका निवेदनहरु माथि छानविन गरी अन्तिम टुङ्गो लगाइएको हो। सुपरभाइजरी कमिटिका सदस्य प्रमोद सिटौलाका अनुसार प्राप्त निवदेनहरु छानविन गरी अन्तिम टुङ्गो लगाइएको हो। 

एनआरएनए अमेरिकाको सदस्यताका लागि आठ हजार नौ सय २३ जनाको निवेदन प्राप्त भएकोमा आठ हजार आठ सय ६१ जनालाई अन्तिम रुप दिइएको छ। अब एनआरएनए अमेरिकाका पाँच सय ९१ जना पुराना आजीवन सदस्य गरी कुल नौ हजार चार सय ५२ जना सदस्य पुगेका छन्। 

भेरीफिकेशनका लागि फोन र म्यासेज गरिएको भए पनि आवेदकसँग सम्पर्क नभएका कारण ६२ जनालाई अस्वीकृत गरिएको भेरिफिकेशन समितिका सदस्य सिटौलाले जानकारी दिए। 

अमेरिकाको २५ वटा राज्यबाट एनआएनएको सदस्य भएका छन्। जसमध्ये न्यूयोर्कबाट सबैभन्दा धेरै २२ सय ३९ जना सदस्य बनेका छन्, भने दोश्रोमा टेक्सासबाट १७ सय ८० जना सदस्य भएका छन्। 

सदस्यताको टुङ्गो लगाउन रामकुमार सुवेदी संयोजक, बालजोशी र पवन योञ्जन सदस्य रहेको आन्तरिक भेरिफिकेशन कमिटि र त्यसको निरीक्षण गर्नका लागि डा. रुद्र अर्याल संयोजक, शैलेश श्रेष्ठ र प्रमोद सिटौला सदस्य रहेको सुपरभाइजरी कमिटि बनाइएको थियो। 

गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्‍हरु मध्ये अमेरिका शक्तिशाली समिति मानिन्छ। अघिल्लो वर्ष व्यक्तिको इमेल ठेगाना, मोबाइल नम्बर र घरको ठेगानाका आधारमा सदस्यता दिने प्रावधान थियो भने यस पटक देखि व्यक्तिको परिचय पत्र अर्थात राज्यले जारी गरेको स्टेट आइडी पनि अनिवार्य गरिएको थियो।

एनआरएनए अमेरिकाको नयाँ नेतृत्वको लागि आगामी मे महिनाको दोश्रो साता निर्वाचन हुने कार्यतालिका छ। निर्वाचनका लागि विश्‍व बरालको संयोजकत्वमा एक समिति बनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.