प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप अस्वीकार्य : देउवा

प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप अस्वीकार्य : देउवा

भक्तपुर : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली काङ्ग्रेसलाई स्वीकार्य नहुने बताएका छन्। 

नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्यसमितिले सोमबार चाँगुनारायण नगरपालिका सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृतिसभामा बोल्दै उनले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप स्वीकार नगर्ने विचार व्यक्त गरेका हुन्। 

उनले भने, 'सरकार प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्न खोज्दैछ, यो काङ्ग्रेसलाई कदापी स्वीकार्य हुँदैन।' सरकारले प्रेसमाथि पनि विभिन्न बाहनामा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै उनले काङ्ग्रेसले यस्ता कार्यको पनि विरोध गर्ने बताए। 

विसं १९९० मा भक्तपुरको सुडाल जितपुरफेदीमा जन्मिएर २०११ मा नेपाली काङ्ग्रेसबाटै राजनीतिक यात्रा सुरु गरेका स्वर्गीय पण्डितले आन्दोलनकै क्रममा विसं २०१९ देखि २०३४ सालसम्म १६ वर्ष जेल बसेका थिए। प्रजातन्त्र ल्याउने पटक-पटकको आन्दोलनमा उनको सक्रिय सहभागीता रहेको थियो । उनको मृत्यु २०७४ फागुन १ मा भएको थियो।  रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.